नावा लिदिङ लघु जलबिधुत को पावर हाउस

पछिल्लो जानकारी आनुसार राखा बांग्देल वाड न. ९ नावा स्थित निर्माणाधिन नावा लिदुंग लघु जलबिधुत आयोजना आउदो २०६९ असार महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखी तिब्र रुपमा कामहरु भई रहेको जानकारी उपभोक्ता समितिको अधक्ष्य बिष्णु राजभण्डारी ले बताउनु भएको छ ।

श्री कालिका बाल बिकाश मा. बि.

श्री कालिका बाल बिकाश मा.बि राखा बाङदेल का बिधार्थी हरु भलिबल खेल्दै

यो स्थान बाट साखा लाइनहरु बाडिने

यस स्थान बाट राखा का बिभिन्न स्थानहरु मा लाइन हरु वितरण गरिएको छ I

शुक्रबारे बजार

राखा बाङदेल ३ स्थित शुक्रबारको दिन लाग्ने स्थानीय बजार लाइ शुक्रबारे बजारको नाम ले चिनिन्छ I यहाँ स्थानीय हरुले उत्पादन गरेको बिभिन्न सामान हरुको किन बेच हुन्छ I

श्री कालिका बाल बिकाश मा.बि.का शिक्षक तथा बिधार्थीहरु

श्री कालिका बाल बिकाश मा.बि. का शिक्षक तथा बिधार्थी हरु सम्झना स्वरूप सामुहिक तस्बिर खिचाउदै - rakhabangdel.blogspot.com.

Dec 31, 2011

नया वर्ष २०१२ को शुभ कामना

नेपाल लगाएत देश विदेश मा रहनु भएका सम्पूर्ण दाजु, भाइ, दिदि, बहिनि, आमा, बाबा, हरुलाई
नया वर्ष २०१२ को हार्दिक मंगलमय शुभ कामना  !

Dec 30, 2011

पुष १५ अर्थात् गुरुङहरुको ‘ल्हो-क्षार’


चन्द्र गुरुङ


सौर्यमण्डलमाउपस्थितसूर्यतथाअन्यग्रहहरुकोगतिस्थितिलेमानवीयजीवनमाठूलोप्रभावपार्दछप्राचीनकालमाजबवैज्ञानिकअविष्कारहरुशैशवअवस्थामैथिएत्यसबेलायिनकोमहत्वझनैबढीथियोसमयनिर्धारणतथाऋतुपरिवर्तनजस्तासिद्धान्तहरुकोप्रतिपादनमायीआकाशीय पिण्डहरुको ठूलै महत्व हुन्थ्यो । यो तथ्य त र्सवविदित नै छ कि रात र दिनको निर्माणमा पनि यी खगोलीय पिण्डहरुको अह्म भूमिका रहन्छ । मौसम र समय परिवर्तनमा त यिनको प्रभाव झनै प्रत्यक्ष देख्न सकिन्छ । प्राचीनकालमा यसप्रकारका ज्ञान र विज्ञानले निकै ठाउँ पाउँथ्यो । प्रत्येक वर्ष पुष १५ को दिन गुरुङहरुले मान्ने तोल-लो-क्षारपनि यसैको उपज हो । गुरुङहरु के कुरामा विश्वास गर्छन् भने पुष १५ देखि पृथ्वीको उत्तरी गोलार्दमा सूर्यको किरण सोझो पर्न थाल्दछ र रात लामो र दिन छोटो हुने क्रम अन्त भई रात छोटो र दिन लामो हुने क्रम आरम्भ हुन्छ । त्यसकारण संसारैभरिका गुरुङहरु पुष १५को दिन पुरानो ल्हो (वर्ग)लाई बिदा गर्दै नयाँ ल्हो (वर्ग)को स्वागत गर्छन् र यसैलाई नयाँवर्ष अर्थात् ल्हो-क्षारको रुपमा खुशीका साथ मनाउँछन् ।

Nov 16, 2011

सस्कृति भित्र पहिचान खोज्ने क्रममा शशी गुरुङ बांग्देल

शशी गुरुङ बांग्देल 

Nov 4, 2011

सम्रक्षण को पर्खाइमा कालिका देविस्थान

सम्रक्षण को पर्खाइ मा श्री कालिका देविस्थान 



राखा बांग्देल वाड न. ३ स्थित श्री कालिका देवी स्थान हाल सम्रक्षण को अभाब मा जिर्ण हुदै गइ रहेको छ यसको उत्पति कहिले भयको भन्ने बारेमा एकिन नभय पनि यो देवी ले सम्पूर्ण राखा बांग्देल बासि हरुलाई  सम्रक्षण गरि  याहा बिराजमान हुनु भएकी छिन यहाका बासिन्दा हरुले दुख तथा आपत विपत परेको बेलामा यहि देवी लाइ सम्झेर र पुजा आजा गर्ने गर्द छन् |

Nov 3, 2011

नेपालमा फेरि अर्को सामाजिक सञ्जाल

नेपालमा सामाजिक सञ्जाल भित्रिदै गएका बखत नेपालमा फेरि अर्को सामाजिक सञ्जाल सञ्चालनमा आएको छ।फेसबुक मेरोपोस्ट मा जस्तै सम्पुर्ण सुविधासहितको सञ्जाल सँगालो डट कम प्रिन्सटन मिडियाले सार्वजनिक गरेको हो।अकाउन्ट र वाल पोस्टीङमा फरक फरक ढंगले गोपनियता सेट गर्न मिल्ने यो सञ्जालमा गु्प्र च्याट, प्राइभेट च्याट, वाल पोस्टिङ, भिडियो /संगीत लगायतका सुविधाहरु रहेका छन्।यसका साथै पेज तथा गुप्र बनाउने लगायत किनबेच, प्वाइन्टस  र उपहारको सुविधा रहेको छ।प्वाइन्टमा प्रयोगकर्ताले गिफ्ट पठाउने कामको लागी प्रयोग गर्न सक्छन्।प्रयोगकर्ताले रजिस्ट्रेसन गरिसकेपछि साइटमा गर्ने क्रियाकलापका आधारमा प्वाइन्ट थपिदैँ जान्छ।यसका साथै प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका सामान किन्न तथा आफ्नो सामान बिक्रीका लागी राख्‍न सक्छन।यो वेवसाइटमा एकैचोटि १० हजार भन्दा बढीले प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
तपाइँ हरु ले बनाउनु भयो छैन भने यहाँ click गर्नुस www.sangaalo.com 

उत्साहित राखाली हरु

आफ्नो गाउ उज्यालो बनाउन को लागि उत्साहित गाउले हरु 

Oct 27, 2011

हामीलाई सम्पर्क गर्नुहोस


Sep 29, 2011

दशैं तथा तिहार को शुभ कामना !


आयु द्रोणसुते, श्रियम दशरथे, शत्रुक्षयम् राघवे ऐशोर्यम नहुषे, गतिष्च पवने, मानन्च दुर्योधने दानम सुर्यसुते, बलम हलधरे सत्यन्च कुन्तिसुते विज्ञाने बिदुरे भवती भवताम् किर्तिष्च नारायणे !!
सम्पूर्ण देश विदेश मा रहनु भएका राखा बांग्देल बाशी तथा सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरुमा बडा दशैं तथा शुभ दिपावाली २०६८ को हार्दीक मङ्गलमय शुभ कामना ब्यक्त गर्दछौ 
http://rakhabangdel.blogspot.com

 





Sep 21, 2011

Aug 27, 2011

नावा लिदुङ लघु जलबिद्युत आयोजना को केही झलक हरु


तपाईं हामी सबैको चासो को बिषय भएको नावा लिदुङ लघु जलबिद्युत आयोजना को केही झलक हरु

यहाँका बासिन्दा हरु आफ्नो गाउ को बिकासको लागि के के गर्दै छन त्यो पनि प्रस्ट दख्न सकिन्छ ।


बाकि फोटो र ब्रिस्तित विवरण अर्को पल्ट प्रकासित गर्ने छु हेर्दै गर्नु होला - धन्यबाद !

HTML Comment Box is loading comments...

Aug 22, 2011

आउनुहोस् हामी पनि एसेलुखर्क को लाखे हेर्न जाउ


         नेवार समुदायको अती नै लोकप्रिया चाड मध्य १ लाखे जात्रा पनि हो । यो नाच हेर्न टाडा टाडा बाट मानिस हरु आउने गर्दछन ।
आउनुहोस् हामी पनि फोटो मै भय पनि एक नजर हेरौ





फोटो साभार: मैले साईट को नाम बिर्सें तर वहाँ एसेलुखर्क को हुनु हुन्छ

Aug 18, 2011

राखा बाङ्देल


सुमन राइ
राखा बाङ्देल
हाल कपन काठमाडौं    

           राखा बाङ्देल विश्वको सर्बोच्च शिखर सगरमाथा को जिल्ला भनेर चिनिने सोलुखुम्बु जिल्ला सँग जोडीएको छ यो खोटाङ जिल्ला सदरमुकाम देखी १४ कि मि टाडा सुदुर उत्तरमा पर्दछ। यो गा बि स को उत्तर मा सोलुखुम्बु, पूर्व मा दिप्सुङ र सुङ्देल, दक्षिण मा सप्तेश्वोर र बक्सिला र पश्चिम मा माक्पा र ऐसलुखर्क र बाकाचोल गा बि स हरु पर्दछ उतर दक्षिण मा लिदिङ खोला र पूर्व पश्चिम रावा खोला मिलाएर सिमाना छुट्टाइएको छ ।

          राखा बाङ्देल प्राकृतिक प्रदेशिय दृष्‍टिकोर्ण बाट हेर्दा लेकाली प्रदेश , कछडि प्रदेश र बेशी तथा टार पर्देश गरी ३ भाग मा बडिन्छ। यस ठाउमा चिराइतो, लेक सल्ला, लाली गुरास, चिमल, लेकाली धुपी, सुनाखारी आदी बनस्पती पाईन्छ। भने फलफुल मा आप, कटहर, सुन्ताला, कागती, नास्पती यहाँका मुख्य फलफुल हो। र धान, मकै, कोदो, जौ, गहु, फापर, आलु मुख्य खेती हो। यस गा बि स को यात्रा गर्ने हो भने रमणिय ठाउँ, बिभिन्न किसिम का जनवार, चरा चुरुङी, डाँडा काडा, पोखरी लगायत बनस्पती हरुले मन मस्तिसक सम्म प्रकृति सँगको आनन्द दिलाउछ। अनी जो कोहिले पनि भन्ने छ " पहाडको टाकुरामा सुते स्वर्ग को काखमा रमाए" । जैबिक पर्याबरणिय हिसाब ले अत्यन्तै आकर्षक ठाउँ हो राखा बाङ्देल । यो सानो गा बि स तर लेक देखी बेशी सम्म फैलिएको छ। प्राकृतिक अनुपम ले हेर्ने हो भने सगरमाथा लगायत का हिमाल हरु आँखा अगाडि मुस्कुराउछन ।
           बिकासको दृष्‍टिकोर्ण बाट धेरै टाडा रहेको यो गा बि स मा e-mail, internet यातायात का साधन बाट धेरै बन्चित छन बजारको लागि स्थनिय शुक्रबारे बजार छन भने माल समान ढुवानी को लागि खच्चर् को प्रयोग गर्दै आयका छन । राजनैतीक दृष्‍टिकोर्ण बाट हेर्ने हो भने एमाले, कङ्ग्रेस्,माओवादी लगायत का थुप्रै पार्टी हरु मा आस्था राख्ने जनता हरु छन। त्यस्तै स्वास्थ को हिसाब ले हेर्दा एक वटा उपस्वास्थ चौकी छ तर आवश्यक परेको  समयमा स्वास्थकर्मी नभेटिनु भेटिएको समयमा पनि मिती सकियका औषधी हरु खानु  यहाँका जनता को वाध्यता बनेको (भएका) छन। यहाँ पनि ब्यापार का नाम मा केही औषधी पसल हरु नखुलेका होइनन तर पर्याप्त ज्ञान नहुनु, ज्ञान भएकाको नियत खराब हुनु प्रमुख कारण भयको छ त्यस्तै शिक्षा को दृष्‍टिकोर्ण बाट हेर्दा श्री कालिका बाल बिकास मा बि अब चाडै उच्च मा बि  बन्दै छ भने अर्को एक नि मा बि बाट मा बि हुने भयको छ र ५ वटा प्रा बि जल्दो बल्दो अवस्था मा छ र एउटा ब्यबसाइक बोर्डिङ स्कुल सन्चालनमा छन। सामाजिक दृष्‍टिकोर्णबाट हेर्ने हो भने यहाँ बहुजातिय बहु भाषिय बहु सस्कृतिय समाज देखन पाईन्छ राइ जाती हरुको बढी बाहुल्यता भय पनि छेत्री बाहुन, गुरुङ, तामाङ, शेर्पा, जोगी, कामी, दमाइ, सार्की हरु लागाएत बिभिन्न जात जाती हरु को बसोबास पाईन्छ ।
              आर्थिक रुपमा हेर्ने हो भने यहाँका अधिकाङ्स मानिस हरु कृषिमा निर्भर छन भने केही पशुपालन, ब्यापार, बैदेशिक रोजगार तथा सरकारी जागीरे छन भने केही ईन्डिया तथा ब्रिटिश आर्मी मा पनि छन
              यहाँको आशा लाग्दो र सम्भाबना बोकेको क्षेत्र हो। यहाँ निरन्तर बगिरहने रावा खोला र लिदिङ खोला बाट जलबिद्युत निकाल्न सकिनछ ( निकालिदै छ ) पर्यटक पर्बधन हलेसी बाट सगरमाथा सम्मको ट्रेक यही बाट लान सके अझै राम्रो हुने थियो। यहाँका बिभिन्न किसिमका जदिबुटी मात्र राम्रो सँग प्रसोधन गरी निर्यात गर्न सकियो भने पनि यहाँका जनताहरुले अथाक आम्दामी लिन सक्ने छन। अलैची, अमिलो, अदुवा,अकबरे पाच् " अ "अर्थ पछ्याउन सके जिबनस्थर निकै माथि उठने थियो। गाउका स-साना सहकार्यबाट केही आम्दामी सङ्कलन गरी निजी क्षेत्र लाई प्रोत्साहन गरी यस्तो क्षेत्रमा लगानी गर्न सके र जाल्पा तथा बक्सिला बाट यो गा बि स लाई जोड्ने कच्ची बाटो बनाउन सके धेरैको जिबनस्थर माथि उठ्ने थियो


Dexter: The Fifth SeasonMegan's Way (2011 Beach Book Festival Award Winner, 2010 Next Generation Indie Book Award Finalist)The HelpKindle 3G, Free 3G + Wi-Fi, 3G Works Globally, Graphite, 6" Display with New E Ink Pearl Technology - includes Special Offers & Sponsored Screensavers

Aug 12, 2011

नयाँ नेपाल र यूवाको भूमिका




कृष्ण राजभण्डारी
काठमाडौं साउन 27
        बिगत केही बर्ष देखी नयाँ नेपाल निर्माणको चर्को आवाज उठेको छ । बिशेष गरेर दश बर्शे जनयूद र १९ दिने जन आन्दोलनको फ्युजनबाट राजतन्त्र को  अन्त्य र गणतन्त्रको स्थापना भयपछी आम नेपाली हरुमा नयाँ नेपाल निर्माण हुनेछ भन्ने आशाको ठुलै तरङ पैदा भयको थियो तर पनि राजनीतिक दलहरुको आ-आफ्नै खिचातानी र नेपाली समाजमा रहेको पुरनै पद्धति, सस्कार, बानी र व्यबहार आदी कुरा हरुमा परिवर्तन हुनु को सट्टा झनै अश्लीला र भद्धा बन्दै गैरहेको कारण ति आशाको तरङ हरु पानीको फोका बनेर फुटिरहेको छ ।
             संसारको कुनै पनि ठुला ठुला राजनीतिक परिवर्तनहरु यूवाहरुको सक्रीय भूमिका बिना सफल हुन सम्भब भयका छैनन भने नेपालको हरेक परिवर्तनको आन्दोलनमा हरेक दलहरुको यूवा  पिढिलाई परिवर्तनको आशा देखाएर प्रयोग गर्दै आएको छ धरै सता परिवर्तन भए तर समाज परिवर्तन कहिल्यै भएन । यहाँ राजनीतिले वाक्क भएको नेपाली समाजले अबकेभुझ्नु पर्ने भएको छ भने यहाँको यूवा पिढी र सिङो नेपाली समाज परिवर्तनको आँफैमा एउटा ठुलो अस्त्र हो । " संसारलाई बादलनु छ सुरुवात आँफैबाट गर्नु छ " भन्ने भनाइलाई अब यथार्थमा बदल्नु आबश्यक छ । नत्र बिदेशी सक्ती सम्पन्न राष्ट्रहरुको प्रससा गर्दै हाम्रो समय बितने छ ।
             यसै शिल्शिलामा हालै खोटाङ जिल्ला राखा बाङ्देल गा बि स को काठमाडौंमा छरियर बसेका जागरुक यूवाहरुले संसार बदल्ने कामको सुरुवात आँफै बाट गर्ने कोशीस गरेका छन । नबिन गुरुङ को अध्यक्षतामा समाज सेवा गर्ने उदेश्यले हेल्पिङ राखा बाङ्देल नामक  एघार सदश्य समिती गठन भएको छ ।
यस्लाई एउटा राम्रो कामको शुरुवात मान्नै पर्दछ भने ठोस कामको  शुरुवात गर्न भने बाँकीनै छ । वास्तबमा समाज सेवा त्यती सजिलो काम भने पक्कै होइन किन भने समाज मा हरेक प्रबिती र चिन्तन भएका मानिस हरु हुन्छन तिनिहरुको चिन्तन र प्रबिती बदल्नु पहिलो काम हो । यो समितिको पहिलो काम पनि यही हुनु पर्दछ। नत्र बनाउने भन्दा भत्काउने काम बडी हुन सक्दछ यस्को लागि हरेक स्वदेशमा तथा बिदेशमा रहेका सम्पूर्ण राखा बाङ्देल बासिहरुलाई सेमटनु तथा सल्लाह सुझाब लिन अत्यन्त जरुरी हुन्छ। यधपी हरेक काम चुनौतिपूर्ण नै हुन्छ हरेक चनौतिको सामना गर्ने हामी सबैले सन्कल्प गर्न जरुरी छ । दिर्घकालिन सोचको साथ अगाडि बड्दै जाने हो भने गन्त्यब्यमा अबश्य पुग्न सकिन्छ। र राखा बाङ्देल लाई उदाहर्णिय सभ्य समाज निर्माण गर्न सकिन्छ । यस्को लागि सम्पूर्ण पक्ष लाई समेट्ने यूवाहरुले महत्व पूर्ण भूमिका निभाउनु पर्दछ यो नयाँ नेपाल निर्माण को लागि एउटा राम्रो शुरुवात हुन सक्दछ

Jul 15, 2011

करेन्ट लागेर प्राविधिक कार्कीको निधन

२७ असार, खोटाङ
 खोटाङको राखा बाङ्देल र एेसेलुखर्क गा बि स को सिमानामा पर्ने लिदुङ खोला मा २७ गते  राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खोटाङ राखा वाङदेल गाविस-१ स्थित  लिदुङ खोला मा  एेसेलुखर्क गाविस ले जलविद्युत आयोजना सन्चालन गरेर अन्तिम चराणमा पुगिसकेको छ ।

Jul 14, 2011

भला काजी राइ नेपाली साङ्गीतिक क्षेत्रका एक स्थापित नाम


भला काजी राइ नेपाली साङ्गीतिक क्षेत्रका एक स्थापित नाम जस्ले आज भन्दा धेरै अगाडि संगीतमा आफ्नो पहिचान बनाइ सक्नु भएका छन।

आउनुहोस् हामी पनि हेरौ वहाँको भिडियो

Jul 13, 2011

आउनुहोस् हामी सबै मिली गाउको बिकास मा सहयोग गरौ


भुगोलका बिभिन्न रेखाहरुमा नेपाली भएर र राखा बाङ्देलको सान भएर स्वाभिमानको उच्च सिर उठाएर माटो र जन्म भुमिलाई माया गरिरहनु हुने आदर्णीय राखा बाङ्देलको भबिश्य प्रती चिन्तित सम्पूर्ण लाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ ।

Jun 26, 2011

राखा बाङ्देल बाडी पहिरो को चपेटामा


गत हप्ता को बिहीवार करिब बिलुकी ६ बजे देखी शुक्रबार मध्यान १२ बजे सम्म करिब १२ घण्टा लगातार बर्षात का कारण राखा बाङ्देल नावा स्थित कामी गाउ र राखा बाङ्देल कै अर्को स्थान सोखु को सार्की गाउमा पहिरो गएको जानकारी हामीलाई प्राप्त भयको छ ।
प्राप्त विवरण अनुसार  यि दुई ठाउँ मा पहिरो ले ३, ४ घर मा पूर्ण रुपमा क्षती  पुगेको छ भने बर्षात सङै चट्याङ्ले केही बस्तु भाउ हरु पनि मरेको समाचार छ।
बर्षात को मौसम भयको ले अझै पहिरो जाने भयले यस क्षेत्र वरपर का बासिन्दा घर छाडेर अन्यत्र बस्न थालेका छन। 




बाँकी विवरण हरु प्राप्त हुन साथ प्रकासित गर्ने छु


Jun 23, 2011

Jun 21, 2011

अब राखा बाङ्देल पनि शिक्षा मा कमी छैन ।

अब राखा बाङ्देल पनि शिक्षा  मा कमी छैन भन्ने उधारणा दिदै यहाँ बोर्डिङ स्कुल को स्थापना भयको कारीब २, ३ बर्ष भयको छ

हार्दिक बधाई !


श्री कालिका बाल बिकास मा वि राखा बाङ्देल बाट यसपालिको  एस.एल.सी परिक्षा मा उतिर्न हुनु हुने सिम्बोल नम्बर यसप्रकार छन:






Jun 19, 2011

मेरो आँखामा गोर्खा को सुन्दर द्रिश्य


न्याय नपाय गोर्खा जानु भन्ने शब्द त हामी सबैले सुन्दै आयका थियौ तर त्यती मात्रै कहाँ रहेछर सुन्दरता को पनि खानि रहेछ गोर्खा जिल्ला मैले पुरै गोर्खा घुम्न त पायको छैन तर जती आज सम्म घुमे सुन्दरता नै सुन्दरता देखे त्यसैले तपाईं हरुलाई पनि यो सुन्दरता देखाउने प्रयाश गरेको छु

भित्र आउनुहोश .............

Jun 17, 2011

Free मा SMS पठाउनुहोस् कुनै पनि देशमा


Share SMS Via Internet Free Unlimited to World Wide
 SMS Via Internet Online | Unlimited Send SMS | Free Anonymous SMS | Mass texting | Group text messages | SMS advertising To Worldwide
with description content= SMS Via Internet Online Send unlimited free text messages Via Internet and Advertising SMS via text messages to worldwide.

के तपाईं Pendrive लाई Ram को रुपमा USE गर्न चाहनुहुन्छ ?



के तपाईं Pendrive लाई Ram को रुपमा USE गर्न चाहनुहुन्छ

Jun 16, 2011