Nov 3, 2011

नेपालमा फेरि अर्को सामाजिक सञ्जाल

नेपालमा सामाजिक सञ्जाल भित्रिदै गएका बखत नेपालमा फेरि अर्को सामाजिक सञ्जाल सञ्चालनमा आएको छ।फेसबुक मेरोपोस्ट मा जस्तै सम्पुर्ण सुविधासहितको सञ्जाल सँगालो डट कम प्रिन्सटन मिडियाले सार्वजनिक गरेको हो।अकाउन्ट र वाल पोस्टीङमा फरक फरक ढंगले गोपनियता सेट गर्न मिल्ने यो सञ्जालमा गु्प्र च्याट, प्राइभेट च्याट, वाल पोस्टिङ, भिडियो /संगीत लगायतका सुविधाहरु रहेका छन्।यसका साथै पेज तथा गुप्र बनाउने लगायत किनबेच, प्वाइन्टस  र उपहारको सुविधा रहेको छ।प्वाइन्टमा प्रयोगकर्ताले गिफ्ट पठाउने कामको लागी प्रयोग गर्न सक्छन्।प्रयोगकर्ताले रजिस्ट्रेसन गरिसकेपछि साइटमा गर्ने क्रियाकलापका आधारमा प्वाइन्ट थपिदैँ जान्छ।यसका साथै प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका सामान किन्न तथा आफ्नो सामान बिक्रीका लागी राख्‍न सक्छन।यो वेवसाइटमा एकैचोटि १० हजार भन्दा बढीले प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।
तपाइँ हरु ले बनाउनु भयो छैन भने यहाँ click गर्नुस www.sangaalo.com