Jul 23, 2013

खोटाङका विक्रम राई पहिलो नेपाल आईडल २०७०

पछिल्लो समयमा दर्शकहरुको चर्चा बटुल्न सफल रियालिटि सो नेपाल आईडल २०७० को उपाधि विक्रम राई (खोटाङ, राखा वाङदेल) ले हात पारेका छन् । नेपाल प्रज्ञा प्रतिस्ठानमा आज साउन २ गते आयोजिक नेपाल आईडलको अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आईडल विक्रमले आफ्ना फाईनलका चार प्रतिस्पर्धिहरुलाई उछिन्दै विजेता बनेका हुन् ।
 नेपाल आईडल घोषित भएसंगै विक्रम राईले एक लाख रुपैया पैसापनि पाएका छन् । त्यस्तै जंजिर चलचित्रका निर्माता तथा कलाकार करण क्रेजिको तेस्रो चलचित्रमा गाउनपनि पाउने भएका छन्, भने एउटा एल्वम, दुईवटा म्युजिक भिडियो आयोजकले प्रदान गर्ने भएका छन् ।फाईनल राउण्डमा पर्न सफल प्रतियोगितहरु अमित परियार (धनकुटा) दोस्रो, कृष्ण खवास (मोरङ) तेस्रो, सचिन राई (खोटाङ) चाथो तथा अस्मिता अधिकारी (झापा)पचौ भएका छन् । उनिहरुलेपनि एल्वममा गाउने अवसर पाएका छन्