पछिल्लो समयमा दर्शकहरुको चर्चा बटुल्न सफल रियालिटि सो नेपाल आईडल २०७० को
उपाधि विक्रम राई (खोटाङ, राखा वाङदेल) ले हात पारेका छन् । नेपाल प्रज्ञा
प्रतिस्ठानमा आज साउन २ गते आयोजिक नेपाल आईडलको अन्तिम प्रतिस्पर्धामा
प्रथम नेपाल आईडल विक्रमले आफ्ना फाईनलका चार प्रतिस्पर्धिहरुलाई उछिन्दै
विजेता बनेका हुन् ।