Oct 5, 2016

"सडक निर्माण अभियान"

Bipin Gurung - UK
संसार भरी छरिएर रहनु भएको राखा बाङदेल बासी संपुर्ण गाउँले दाजुभाई तथा दिदि बैनीहरुमा सर्ब प्रथम त नेपाली हिन्दु धर्मावल्मीहरुको महान चाड बडा दशै २०७३ को हार्दिक मंगलमय शुभकामना !!
हाम्रो "राखा बाङदेल सडक निर्माण अभियान" आज क्रमिक रुपले बिदेशी भूमी हुदै काठ्माडौमा अनि अहिले निश्चित गन्तब्य राखा बाङदेलको हाम्रो जन्म भूमी पुगेको छ अनि यस अभियान आज ब्यपक रुपमा हाम्रो स्थानीय गाउँले दाजुभाई दिदिबैनीहरुले अत्यन्तै उत्साहाको साथ अगाडी बढाई राख्नु भएको जानाकारी गरादछौ। यस्को उदाहरणको रूपमा असोज १५ सनिबारको दिन राखा बाङदेल गाउँ बिकास समितीमा उपलब्ध बिभिन्न राजनीतिक दलको प्रतिनिधी , समाज सेबी, बुद्धजिबी,शिक्षक लगात संपुर्ण बिकास प्रेमी गाउँलेहरुको बृहत् भेला र छलफल गरि अत्यनतै महत्वपुर्ण निर्यणहरु सर्ब सहमत ढंगले बिधिबत पारित गर्दै सडक निर्माण अभियानलाई अघि बढाउदै हुनुहुन्छ । जस्मा प्राप्त जानाकारी बिष्णु राजभण्डारीले फेसबुकमा पोष्ट गर्नु भएको मिटिङ माईनिटको फोटालाई तपाई हामीले प्रत्यक्ष हेर्न सक्नु हुनेछ।
यस्मा मैले छोटो बुँधामा पेश गरेको छु। हजुरहरुले टिप्पणी गुर्न सक्नु हुनेछ। जस्मा अनुसार निम्न लिखित छन्।
(१) सडक निर्माण उपभोक्ता समितिको नयाँ नेतृत्व चयन।यसमा सबै तह र तप्कालाई सहभगिता गराउदै स्थानीय कर्मठ युबाहरुको हातमा थमाईएको अबस्था देखिन्छ। यहाँ नयाँ कार्य समितिमा अध्यक्षयमा श्री डेबिट राईलाई निर्बाचित गरिएको रहेछ। साथै बिभिन्न उप समितिमा अत्येन्तै प्रभावकारी ढंगले निर्माण गरिएको रहेछ।
(२) अत्यनतै बिबाद र बहसको रुपमा आएको मुद्दा थियो सडकलाई कुन मार्गबाट जोड्ने भन्ने बारे जस्मा यस गाउँलेहरुको बृहत् भेला र छलफलले सर्ब सहमत गराएर नयाँ रुट माक्पा बेब्लाको फेदीको भूगोललाई उपयोग गर्दै राखा बाङदेललाई सडक संजालमा जोड्ने निर्णय भए छ।
स्मरण रहोस् गत महिना हाम्रो दाजुभाईहरुले स्थलगत अनुगमन गर्न जानु भएको थियो।
यी माथीको सबै निर्णयलाई ऐतिहासिक निर्णय नै मान्न सकिन्छ। यसरी नै आगामी दिनहरुमा यो निर्णय कार्यनयनको लागि हामी राखा बाङदेल बाशीहरु एकताको सुत्रमा बाँधिर अधि बढ्दै जाओस् भन्ने हार्दिक अाग्रह गर्छौ साथै संपुर्ण नब निर्वाचित पदाधिकारीहरु हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछौ।
अनि अब बाँकी यसमा लाग्ने आर्थिक संकलन अति नै महत्वपुर्ण काम हो यसको लागि तपाई हामी सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरौ। आफ्नो जन्म भूमीलाई संमृद्धी र बिकासित बनाउने जिम्मा तपाई हाम्रै हो।
जय हाम्रो राखा बाङ्देल सडक निर्माण अभियान!!