Dec 23, 2012

सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानको नवौ स्मृति सभा

      नेपाल ऐतिहासिक परिवर्तनको मोडमा मुखरित हुँदै गरेको र राष्ट्रभरि नै उन्मुक्तिका लागि द्वन्द्व चर्किरहेको अवस्थामा समाजसेवी तथा वामपन्थी आन्दोलनका कर्मठ योद्धाका रूपमा चिनिएकी मिति २०/०८/२०६०  गते साहदत प्राप्त गर्नुभएकी खोटाङ जिल्ला राखा बाङदेल गाविस वडा नं।- ३ बस्ने १०/०८/२०२३ मा जन्मनुभएकी अनिता गुरुङको नाममा स्मृति प्रतिष्ठान खडा गरी द्वन्द्व पीडित, विस्थापित विभिन्न किसिमका सामाजिक, रचनात्मक क्रियाकलापमा सक्रिय गराउने र गरिब जेहेन्दार विद्यार्थीहरूका लागि शिक्षामा पहुँच पुर्‍याउनको निम्ति प्रत्येक वर्षआर्थिक सहयोग प्रदान गरिने उद्देश्यले यस अनिता गुरुङ मेमोरियल फाउण्डेसन नामक मुनाफारहित उद्देश्यले एक सामाजिक गैरसरकारी संस्थाको स्थापना गरेको हो  । 
कार्यक्रम स्थल बनाउदै 
 संघ-संस्थालाई जन्म दिएर मात्र पुग्दैन । त्यसलाई अगाडि बढाउन नेतृत्वको ठूलो हात हुने भएकाले बचेको समयलाई समाजिक संघ-संस्थामा काम गरेर समाजलाई नयाँ दिशाबोध गराउने र यस संस्थाको उद्देश्यलाई परिपुर्ति गर्न छलफल तथा निष्र्कषले शिक्षाप्रतिको जोडलाई आत्मासाथ गर्दै पहिलो भेला २०६६-०१-०४ गते र देस्रो भेला सहिद स्व। अनिता गुरुङको दाइको घरमा मिति २०६६-०१-१५ गते मंगलबार दिनको १।०० बजे २५ जनाको उपस्थितिमा ७ जनाको तर्दथ समिति गठन गरी संस्था दर्ता गर्ने कार्य सम्पन्न गरिसकेको थियो  
 संस्थाको अक्षय कोष खडा गर्न र्सवप्रथम नेपाल सरकारबाट पहिलो किस्ता रू। १ लाख, दाजुभाइ प्रेमध्वज गुरुङ, डिल्लीकेशर गुरुङ र विपिन गुरुङबाट रू। १ लाख १ हजार १ सय १ रुपैया र अन्य दाजुभाइ तथा इष्ट मित्रजन हरूबाट ८४ हजार ४ सय ५७ रुपैया गरी जम्मा २ लाख ८४ हजार ४ सय ५७ रुपैया जम्मा भएको छ  ( पुरानो रेकर्ड )  भने यस संस्था दर्ता भएपछि अरु सहयोगी दाताहरू थुप्रै आइरहेको सस्था का अध्यक्ष श्री होम नाथ गुरुङ ले जान कारी गराउनु भएको छ  
  सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानको नवौ स्मृति सभा सहिद अनिता गुरुङ को जन्म स्थान खोटाङ जिल्लाको राखा बाङदेल स्थित श्री कालिका बाल बिकास मा बि राखा बाङदेल को मैदान मा मिति २०६९ मंसिर २१ गते विभिन्न कार्यक्रम का साथ सम्पन्न भयो उक्त कार्यक्रममा सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानले  २०६७ सालदेखि पूर्ण  छात्रवृत्ति प्रदान गरिने योजना अनुसार बार्षिक रुपमा प्रदान गर्दै आएका ४ जना गरिब तथा जेहेन्दार छात्र छात्रा हरुलाई सहिद का पिता श्री प्रेम बहादुर गुरुङ को हात बाट छात्रवृत्ति वितरण गरिएको छ  । साथै नबिन गुरुङ र डिल्ली केशर गुरुङ को पहलमा स्वदेश तथा विदेश मा रहनु भएका राखा बाङदेल बासि हरुको सहयोगमा ५ थान कम्प्युटर र १ थान प्रिन्टर  सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठान मार्फत  प्रतिष्ठान का सस्थापक अध्यक्ष श्री होम नाथ गुरुङ ज्यु बाट श्री कालिका बाल बिकास मा बि का प्र.अ. श्री रमेश कुमार राइ ज्यु लाइ प्रदान गर्नु भएको छ  । उक्त कार्यक्रममा बिधालयका संचालक समितिका अध्यक्ष श्री भला काजि राई ले सहिद सम्बन्धि कबिता बाचन गर्नु भयो भने सम्पूर्ण सहयोगी हरुलाई वहाको आफ्नै गीत  गाएर धन्यबाद दिनु भएको थियो  साथमा बुद्दिजीवी, स्थानीय समाजसेवी तथा  बिभिन्न राजनैतिक दल का स्थानीय  नेता हरु लगाएत शिक्षक हरुले सहिद अनिता गुरुङ को चर्चा गर्नु भएको थियो  
कार्यक्रम स्थल 
कार्यक्रम स्थल

मन्तब्य राख्नु हुदै रमेश गुरुङ 

मन्तब्य राख्नु हुदै रमेश गुरुङ 

कार्यक्रम हुनु भन्दा अगाडी कार्यक्रम स्थल 




ब्यानर हेर्नु हुदै डिल्ली गुरुङ 

सहिद का पिता प्रेम बहादुर गुरुङ अतिथि ग्रहण गर्नु हुदै 

छात्रवृत्ति वितरण गर्ने क्रममा सहिदका पिता प्रेम बहादुर गुरुङ 

छात्रवृत्ति ग्रहण पछी सामुहिक तस्बिर खिचाउदै छात्र छात्रा 

छात्रवृत्ति ग्रहण गर्नु हुदै 

छात्रवृत्ति ग्रहण गर्नु हुदै 

छात्रवृत्ति ग्रहण गर्नु हुदै 

छात्रवृत्ति दिने क्रममा 

अतिथिलाई खादा लगाई स्वागत गर्नु हुदै स्वम्सेवक बहिनि हरु 

सहिदको फोटोमा माला लगाएपछि धुप जलाउनुहुदै सस्थाका अध्यक्ष होम नाथ गुरुङ 

सहिदको फोटोमा माला लगाउनु हुदै 

कार्यकरममा नृत्य प्रस्तुत गर्नु हुदै 


कम्प्युटर हस्तान्तरण गर्नु हुदै सस्था का अध्यक्ष होम नाथ गुरुङ , बिधालय का प्रा. अ. रमेश कुमार राई

कम्प्युटर हस्तान्तरण पछी सस्था का अध्यक्ष होम नाथ गुरुङ , बिधालय का प्रा. अ. रमेश कुमार राई एक आपसमा खुशी साट्नु हुदै