Dec 28, 2012

सम्पूर्ण तमूहरुमा सप्ह्री ल्हो को सुभकामना !


 नेपालका विभिन्न जातजाति, धर्मालम्वी तथा यिनीहरूले मनाउने चाडपर्वमध्ये मंगोलवंशी समुदायले मनाउने एक विशेष चाडलाई ल्होछार वा ल्होसार भनिन्छ । ल्होछार वा ल्होसार बौद्ध धर्म अनुयायी तामाङ, शेर्पा, गुरुङ्ग, थकाली आदि जातिले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

         'ल्होछार' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ 'ल्हो' अर्थात वर्षवा साल भन्ने हुन्छ भने 'छार' वा 'सार' को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरुप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, र्सप, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ । गुरुङहरूले पुस महिनाको १५ वा १६ गते पर्छ। ल्हो सारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजा पाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। 
         नेपालमा ल्होसार मनाउने प्रचलन चिनिया“ सभ्यताबाट तिब्बत हुँदै भित्रिएको अनुमान गरिन्छ ।



सम्पूर्ण मित्रहरु आफ्नो ल्हो (वर्ग) पत्त लगाउनुहोस् र ल्हो पनि गन्न सिक्नुहोस्।
———————————————————
हामी तमुहरुको पहिचान दिने सबै तमुहरुले जान्नै पर्ने, बुझ्नै पर्ने महत्वपूर्ण कुरा हो ल्हो ” (वर्ग) । ल्हो जम्मा १२ वटा हुन्छन्।
ल्हो च्यु ल्हो” (मुसा वर्ग) बाट शुरु हुन्छ र फ्वो ल्हो” (म्रिग वर्ग) मा अन्तिम् भै पुन: च्यु ल्हो नै दोहोरिन्छ ।
ल्होहरु (वर्गहरु) :-
——————————————————–
(
१)च्यु ल्हो = (मुसा वर्ग) । (२) लों ल्हो = (गाई वर्ग) । (३) त्वो ल्हो = (बाग वर्ग) । (४) ह्युई ल्हो = (विरालो वर्ग) । (५) मुप्ह्री ल्हो = (गिध्द वर्ग) । (६) सप्ह्री ल्हो = (सर्प वर्ग) । (७) त्ह ल्हो = (घोडा वर्ग) । (८) ल्हु ल्हो = (भेंडा वर्ग) (९) प्रे ल्हो = (बाँदर वर्ग) । (१०) च्यह ल्हो = (चरा वर्ग) । (११) खि ल्हो = (कुकुर वर्ग) । (१२) फ्वो ल्हो = (म्रिग वर्ग) ।
यदि तपाईंलाई आफ्नो ल्होथाहा हुनु हुन्न भने यो सुत्र (Formula) प्रयोग गरेर आफ्नो ल्हो (वर्ग) पत्त लगाउनुहोस् र आफ्नो ल्हो सधैंको लागि सम्झि रहनुहोस्। तपाईंलाई कसैले तपाईंको ल्हो के हो भन्यो भने सधैं त्यो ल्हो भन्नु पर्छ।
ल्हो (वर्ग) पत्त लगाउने सुत्र:-
——————————————————–
(क) सर्वप्रथम आफु जन्मेको साल अहिले चलिरहने सालमा घटाऊने ।
—————————————————————————
(
१)अहिले चलिरहेको साल = सन् २०१२
(
२)आफु जन्मेको साल = सन् -१९७९
———————————————————
अहिले तपाईंको उमेर जम्मा = ३३ वर्ष भयो।
———————————————————
(
ख)अब तपाईंको ल्हो पत्त लगाउन ३३ वर्षको उमेरमा कति १२ वर्ष हुन्छ ? १२ को आधारमा गन्ने।
(
ग) ३३ वर्षमा २ वटा १२ वर्ष पुरा भयो । तसर्थ २ x १२ = २४ वर्ष ( अब तपाईंको ३३ वर्षमा यो २४ वर्ष घटाऊनुहोस्। )
यहाँ ३३ २४ = ९ वर्ष बाँकी रहन्छ ।
अब यो ९ वर्षले तलको मुप्ह्री ल्हो तालिका अनुसार कुन् ल्हो पर्‍यो ? हेर्नुहोस्।
———————————————————-
मुप्ह्री ल्हो (गिध्द वर्ग) तालिका:-
———————————————————–
(
क) गिध्द वर्ग = १
(
ख)बिरालो वर्ग = २
(
ग) बाग वर्ग = 3
(
ग) गाई वर्ग = ४
(
घ) मुसा वर्ग = ५
(
ङ) म्रिग वर्ग = ६
(
च) कुकुर वर्ग = ७
(
छ) चरा वर्ग = ८
(
ज) बाँदर वर्ग = ९
(
झ) भेँडा वर्ग = १०
(
ञ) घोडा वर्ग = ११
(
त) सर्प वर्ग = १२
———————————————————–
मुप्ह्री ल्हो (गिध्द वर्ग) अनुसार भनेको बाँदर वर्ग हो। यस् प्रकार यो तालिकाको नम्बर अनुसार तपाईंको ल्हो पत्त लगाउनु होला।
(नोट् :-अब पौष १५ गते सन् २०१२ मा चलि रहेको मुप्ह्री ल्हो” (गिध्द वर्ग) को बिदाई गर्दै नयाँ ल्हो सप्ह्री ल्हो” (सर्प वर्ग) को आगमन हुन्छ। यो तालिका सन् २०१२ को लागि मात्र हो। सन् २०१३ मा सर्प वर्गको तालिकामा सर्प वर्गलाई नम्बर १ मा राख्ने अनि गिध्द,बिरालो वर्गलाई क्रमस: २,३ गर्दै घोडा वर्ग १२ नम्बर हुन्छ। त्यसको आधारमा आफ्नो ल्हो पत्त लगाउन सक्नुहुनेछ।
अब ल्हो गन्ने तरिका पनि सिक्नुहोस्।
———————————————–
सब भन्दा पहिले आफ्नो ल्हो याद गर्नुहोस्। ल्हो गन्द आफ्नो ल्हो बाट यो बर्ष भरी चल्तीमा रहेको ल्हो सम्म तालिका अनुसार क्रमस: गन्नुहोस् । यदि तपाईंको ल्हो कुकुर वर्गहो भने अब कुकुर वर्ग देखि अहिले सन् २०१२ मा चल्तीमा रहेको गिध्द वर्ग सम्म गन्नुहोस् ।
ल्हो तालिका:-
————————————————-
(
१)च्यु ल्हो = (मुसा वर्ग) । (२) लों ल्हो = (गाई वर्ग) । (३) त्वो ल्हो = (बाग वर्ग) । (४) ह्युई ल्हो = (विरालो वर्ग) । (५) मुप्ह्री ल्हो = (गिध्द वर्ग) । (६) सप्ह्री ल्हो = (सर्प वर्ग) । (७) त्ह ल्हो = (घोडा वर्ग) । (८) ल्हु ल्हो = (भेंडा वर्ग) (९) प्रे ल्हो = (बाँदर वर्ग) । (१०) च्यह ल्हो = (चरा वर्ग) । (११) खि ल्हो = (कुकुर वर्ग) । (१२) फ्वो ल्हो = (म्रिग वर्ग) ।
अब यहाँ कुकुर वर्गदेखि गिध्द वर्गसम्म गन्द यस् प्रकार हुन्छ।
————————————————————————–
जस्तै:-
———————————————————————————————————
((
कुकुर १ ), (म्रिग २), (मुसा ३ ), (गाई ४ ), (बाग ५ ), (बिरालो ६ ), (गिध्द ७ ) सम्म ।
———————————————————————————————————
अब हेर्नुहोस् कुकुर वर्गले७ बर्ष भयो। अब यबम् प्रकारले
एक १२ बर्ष पुरा भएको भए १२ + ७ = १९ बर्ष भयो।
दुई १२ बर्ष पुरा भएको भए २४ + ७ = ३१ बर्ष भयो ।
तीन १२ बर्ष पुरा भएको भए ३६ + ७ = ४३ बर्ष भयो।
यबम् प्रकार १२ को दरले गुणान गर्दै उमेर गन्नु होला ।
आशा छ अब तपाईंले आफ्नो ल्हो पत्त लगाउनु सक्नु हुनेछ र ल्हो पनि गन्न सक्नु हुनेछ।
ल्हो(वर्ग)को मिल्ने वर्ग तथा मित्र वर्ग
ल्हो(वर्ग)मिल्नेमित्र
च्यु ल्हो  (मुसा बर्ग)फो ल्हो (मृग बर्ग),ल्हु ल्हो(भेडा बर्ग)ह्ये ल्हो   (बिरालो बर्ग)
म्हें ल्हो   ( गाई बर्ग)त ल्हो  (घोडा बर्ग),सप्ह्री ल्हो   (सर्प बर्ग)मुप्ह्री ल्हो  (गरुड बर्ग)
तो ल्हो   (बाघ बर्ग)फो ल्हो (मृग बर्ग),ह्ये ल्हो   (बिरालो बर्ग)सप्ह्री ल्हो   (सर्प बर्ग)
ह्ये ल्हो   (बिरालो बर्ग)मुप्ह्री ल्हो  (गरुड बर्ग),त ल्हो  (घोडा बर्ग)त ल्हो  (घोडा बर्ग)
मुप्ह्री ल्हो  (गरुड बर्ग)ह्ये ल्हो   (बिरालो बर्ग)ल्हु ल्हो(भेडा बर्ग)
सप्ह्री ल्हो   (सर्प बर्ग)म्हें ल्हो   ( गाई बर्ग)प्र ल्हो  (बादर बर्ग)
त ल्हो  (घोडा बर्ग)म्हें ल्हो   ( गाई बर्ग),ह्ये ल्हो   (बिरालो बर्ग)च्ह्या ल्हो (चरा वर्ग)
ल्हु ल्हो(भेडा बर्ग)प्र ल्हो  (बादर बर्ग), खी ल्हो   (कुकुर बर्ग)खी ल्हो   (कुकुर बर्ग)
प्र ल्हो  (बादर बर्ग),च्ह्या ल्हो (चरा वर्ग)ल्हु ल्हो(भेडा बर्ग)फो ल्हो (मृग बर्ग)
च्ह्या ल्हो (चरा वर्ग)च्यु ल्हो  (मुसा बर्ग),खी ल्हो   (कुकुर बर्ग)च्यु ल्हो  (मुसा बर्ग)
खी ल्हो   (कुकुर बर्ग)ल्हु ल्हो(भेडा बर्ग),च्ह्या ल्हो (चरा वर्ग)म्हें ल्हो   ( गाई बर्ग)
फो ल्हो (मृग बर्ग)तो ल्हो   (बाघ बर्ग),च्यु ल्हो  (मुसा बर्ग)तो ल्हो   (बाघ बर्ग)

ल्हो(वर्ग)को शत्रु वर्ग
ल्हो (वर्ग)सत्रु
च्यु ल्हो  (मुसा बर्ग)त ल्हो  (घोडा बर्ग)
म्हें ल्हो   ( गाई बर्ग)ल्हु ल्हो(भेडा बर्ग)
तो ल्हो   (बाघ बर्ग)प्र ल्हो  (बादर बर्ग)
ह्ये ल्हो   (बिरालो बर्ग)च्ह्या ल्हो (चरा वर्ग)
मुप्ह्री ल्हो  (गरुड बर्ग)खी ल्हो   (कुकुर बर्ग)
सप्ह्री ल्हो   (सर्प बर्ग)फो ल्हो (मृग बर्ग)
त ल्हो  (घोडा बर्ग)च्यु ल्हो  (मुसा बर्ग)
ल्हु ल्हो(भेडा बर्ग)म्हें ल्हो   ( गाई बर्ग)
प्र ल्हो  (बादर बर्ग)तो ल्हो   (बाघ बर्ग)
च्ह्या ल्हो (चरा वर्ग)ह्ये ल्हो   (बिरालो बर्ग)
खी ल्हो   (कुकुर बर्ग)मुप्ह्री ल्हो  (गरुड बर्ग)
फो ल्हो (मृग बर्ग)सप्ह्री ल्हो   (सर्प बर्ग)



यसरी आफ्नो ल्हो(वर्ग)को शत्रु मित्रु छुट्टाएर मिल्ने वर्गको (ल्हो क्र्हीवा) केटाले केटी खोज्ने चलन पुरानो हो जस्लाई
वर्ग हेर्ने(ल्हो ङ्ह्योवा) भनिन्छ।
सम्पुर्ण तमु जातीलाइ प्रत्येक वर्षको लोछारको शुभकामना !

श्रोत : बिभिन्न ब्लग बाट