Jul 13, 2011

आउनुहोस् हामी सबै मिली गाउको बिकास मा सहयोग गरौ


भुगोलका बिभिन्न रेखाहरुमा नेपाली भएर र राखा बाङ्देलको सान भएर स्वाभिमानको उच्च सिर उठाएर माटो र जन्म भुमिलाई माया गरिरहनु हुने आदर्णीय राखा बाङ्देलको भबिश्य प्रती चिन्तित सम्पूर्ण लाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ ।

समयको गतिसिलता सँग आफु र आफ्नो गाउ ठाउलाई परिवर्तन गर्न वा युग सापेक्षता अनुरुप बादलन सकिएन भने त्यस्को अस्तित्व नामेट हुने करिब पक्का हो । त्यसकारण  हाम्रो माटोले पनि त्यही नियती भोगिरहेको छ यो बेला हामीले माटोलाई केही गर्न सकिएन भने हामी बाच्नुको अर्थमा प्रश्न चिन्ह खडा हुन्छ र माटोले धिकार्छ तसर्थ गाउको अस्तित्व बचाउन् हामी केही राखाली  यूबा हरु तथा अग्रज हरु सँग छलफल गर्यौ र बिचार  बिमर्श गर्यौ र निस्कर्शमा जस्ले जती जे सकिन्छ सहयोग गरेर जाने साथै अनिता गुरुङ मेमोरियल फाउन्डेसन को उदेश्य पनि यस्तै भयको हुनाले राखा बाङ्देल डट कम् र अनिता गुरुङ मेमोरियल फाउन्डेसन को संयुक्त आयोजनामा राखा बाङ्देल स्थित श्री कालिका बाल बिकास मा बि लाई पहिलो  च् रणमा ३ थान् कम्प्युटर सेट ( बजेट ले पुगेमा थपिने ) प्रिन्टर लगायत का सामाग्री दिने निर्णय गर्यौ र देश बिदेशमा रहनु भयका सम्पूर्णलाई पनि सहयोग को लागि अनुरोध गर्ने भन्ने मा पुग्यौ । त्यसकारण तपाईंहरु सम्पूर्णलाई यो अनुरोध गरिरहेका छौ ।
गाउ समयको बहाब अनुसार अगाडि बड्न नसके पनि मन्द गतिमा बिकासका च् रणहरु पार गरिरहेको छ, निकट भबिश्य मा बिजुली बल्दै छ जस्ले गर्दा हामीलाई कम्प्युटरको सन्चालन पनि सहजता आउने छ जस्का कारण हाम्रो बिद्यालय का साना साना नानीहरुले बिज्ञान र प्रबिधिलाई नजिक बाट बुझ्ने छन र जिबन लाई सफल बनाउदै आउने दिनहरुमा राखा बाङ्देलको तारा बनेर राष्ट्रमा उदाउने छन ।
यसरी गाउमा बसेका हरुले गाउबाटै र देश बिदेश मा रहनु भयका ले त्यही ठाउँ बाट सहयोग गर्दै जानु भयो भने सहजै कल्पना गर्न सकिन्छ भोलिको हाम्रो गाउ कस्तो हुन्छ ?

सहयोग गर्न चाहनु हुने महानुभाब हरु ले तलको ब्यक्ती हरु सँग संपर्क गर्न सक्नु हुने छ

यू के
प्रेमधोज गुरुङ,
बिपिन गुरुङ

प्रोतुगल
जगदीप् गुरुङ

हङ्कङ
गोपाल गुरुङ

कतार
 रमेश राइ

नेपाल ( काठमाडौं )
नबिन गुरुङ,
9841333356