Jun 26, 2011

राखा बाङ्देल बाडी पहिरो को चपेटामा


गत हप्ता को बिहीवार करिब बिलुकी ६ बजे देखी शुक्रबार मध्यान १२ बजे सम्म करिब १२ घण्टा लगातार बर्षात का कारण राखा बाङ्देल नावा स्थित कामी गाउ र राखा बाङ्देल कै अर्को स्थान सोखु को सार्की गाउमा पहिरो गएको जानकारी हामीलाई प्राप्त भयको छ ।
प्राप्त विवरण अनुसार  यि दुई ठाउँ मा पहिरो ले ३, ४ घर मा पूर्ण रुपमा क्षती  पुगेको छ भने बर्षात सङै चट्याङ्ले केही बस्तु भाउ हरु पनि मरेको समाचार छ।
बर्षात को मौसम भयको ले अझै पहिरो जाने भयले यस क्षेत्र वरपर का बासिन्दा घर छाडेर अन्यत्र बस्न थालेका छन। 




बाँकी विवरण हरु प्राप्त हुन साथ प्रकासित गर्ने छु