सुमन राइ
राखा बाङ्देल
हाल कपन काठमाडौं
राखा बाङ्देल विश्वको सर्बोच्च शिखर सगरमाथा को जिल्ला भनेर चिनिने सोलुखुम्बु जिल्ला सँग जोडीएको छ यो खोटाङ जिल्ला सदरमुकाम देखी १४ कि मि टाडा सुदुर उत्तरमा पर्दछ। यो गा बि स को उत्तर मा सोलुखुम्बु, पूर्व मा दिप्सुङ र सुङ्देल, दक्षिण मा सप्तेश्वोर र बक्सिला र पश्चिम मा माक्पा र ऐसलुखर्क र बाकाचोल गा बि स हरु पर्दछ उतर दक्षिण मा लिदिङ खोला र पूर्व पश्चिम रावा खोला मिलाएर सिमाना छुट्टाइएको छ ।
राखा बाङ्देल प्राकृतिक प्रदेशिय दृष्टिकोर्ण बाट हेर्दा लेकाली प्रदेश , कछडि प्रदेश र बेशी तथा टार पर्देश गरी ३ भाग मा बडिन्छ। यस ठाउमा चिराइतो, लेक सल्ला, लाली गुरास, चिमल, लेकाली धुपी, सुनाखारी आदी बनस्पती पाईन्छ। भने फलफुल मा आप, कटहर, सुन्ताला, कागती, नास्पती यहाँका मुख्य फलफुल हो। र धान, मकै, कोदो, जौ, गहु, फापर, आलु मुख्य खेती हो। यस गा बि स को यात्रा गर्ने हो भने रमणिय ठाउँ, बिभिन्न किसिम का जनवार, चरा चुरुङी, डाँडा काडा, पोखरी लगायत बनस्पती हरुले मन मस्तिसक सम्म प्रकृति सँगको आनन्द दिलाउछ। अनी जो कोहिले पनि भन्ने छ " पहाडको टाकुरामा सुते स्वर्ग को काखमा रमाए" । जैबिक पर्याबरणिय हिसाब ले अत्यन्तै आकर्षक ठाउँ हो राखा बाङ्देल । यो सानो गा बि स तर लेक देखी बेशी सम्म फैलिएको छ। प्राकृतिक अनुपम ले हेर्ने हो भने सगरमाथा लगायत का हिमाल हरु आँखा अगाडि मुस्कुराउछन ।
बिकासको दृष्टिकोर्ण बाट धेरै टाडा रहेको यो गा बि स मा e-mail, internet यातायात का साधन बाट धेरै बन्चित छन बजारको लागि स्थनिय शुक्रबारे बजार छन भने माल समान ढुवानी को लागि खच्चर् को प्रयोग गर्दै आयका छन । राजनैतीक दृष्टिकोर्ण बाट हेर्ने हो भने एमाले, कङ्ग्रेस्,माओवादी लगायत का थुप्रै पार्टी हरु मा आस्था राख्ने जनता हरु छन। त्यस्तै स्वास्थ को हिसाब ले हेर्दा एक वटा उपस्वास्थ चौकी छ तर आवश्यक परेको समयमा स्वास्थकर्मी नभेटिनु भेटिएको समयमा पनि मिती सकियका औषधी हरु खानु यहाँका जनता को वाध्यता बनेको (भएका) छन। यहाँ पनि ब्यापार का नाम मा केही औषधी पसल हरु नखुलेका होइनन तर पर्याप्त ज्ञान नहुनु, ज्ञान भएकाको नियत खराब हुनु प्रमुख कारण भयको छ त्यस्तै शिक्षा को दृष्टिकोर्ण बाट हेर्दा श्री कालिका बाल बिकास मा बि अब चाडै उच्च मा बि बन्दै छ भने अर्को एक नि मा बि बाट मा बि हुने भयको छ र ५ वटा प्रा बि जल्दो बल्दो अवस्था मा छ र एउटा ब्यबसाइक बोर्डिङ स्कुल सन्चालनमा छन। सामाजिक दृष्टिकोर्णबाट हेर्ने हो भने यहाँ बहुजातिय बहु भाषिय बहु सस्कृतिय समाज देखन पाईन्छ राइ जाती हरुको बढी बाहुल्यता भय पनि छेत्री बाहुन, गुरुङ, तामाङ, शेर्पा, जोगी, कामी, दमाइ, सार्की हरु लागाएत बिभिन्न जात जाती हरु को बसोबास पाईन्छ ।
आर्थिक रुपमा हेर्ने हो भने यहाँका अधिकाङ्स मानिस हरु कृषिमा निर्भर छन भने केही पशुपालन, ब्यापार, बैदेशिक रोजगार तथा सरकारी जागीरे छन भने केही ईन्डिया तथा ब्रिटिश आर्मी मा पनि छन
यहाँको आशा लाग्दो र सम्भाबना बोकेको क्षेत्र हो। यहाँ निरन्तर बगिरहने रावा खोला र लिदिङ खोला बाट जलबिद्युत निकाल्न सकिनछ ( निकालिदै छ ) पर्यटक पर्बधन हलेसी बाट सगरमाथा सम्मको ट्रेक यही बाट लान सके अझै राम्रो हुने थियो। यहाँका बिभिन्न किसिमका जदिबुटी मात्र राम्रो सँग प्रसोधन गरी निर्यात गर्न सकियो भने पनि यहाँका जनताहरुले अथाक आम्दामी लिन सक्ने छन। अलैची, अमिलो, अदुवा,अकबरे पाच् " अ "अर्थ पछ्याउन सके जिबनस्थर निकै माथि उठने थियो। गाउका स-साना सहकार्यबाट केही आम्दामी सङ्कलन गरी निजी क्षेत्र लाई प्रोत्साहन गरी यस्तो क्षेत्रमा लगानी गर्न सके र जाल्पा तथा बक्सिला बाट यो गा बि स लाई जोड्ने कच्ची बाटो बनाउन सके धेरैको जिबनस्थर माथि उठ्ने थियो