Aug 12, 2011

नयाँ नेपाल र यूवाको भूमिका




कृष्ण राजभण्डारी
काठमाडौं साउन 27
        बिगत केही बर्ष देखी नयाँ नेपाल निर्माणको चर्को आवाज उठेको छ । बिशेष गरेर दश बर्शे जनयूद र १९ दिने जन आन्दोलनको फ्युजनबाट राजतन्त्र को  अन्त्य र गणतन्त्रको स्थापना भयपछी आम नेपाली हरुमा नयाँ नेपाल निर्माण हुनेछ भन्ने आशाको ठुलै तरङ पैदा भयको थियो तर पनि राजनीतिक दलहरुको आ-आफ्नै खिचातानी र नेपाली समाजमा रहेको पुरनै पद्धति, सस्कार, बानी र व्यबहार आदी कुरा हरुमा परिवर्तन हुनु को सट्टा झनै अश्लीला र भद्धा बन्दै गैरहेको कारण ति आशाको तरङ हरु पानीको फोका बनेर फुटिरहेको छ ।
             संसारको कुनै पनि ठुला ठुला राजनीतिक परिवर्तनहरु यूवाहरुको सक्रीय भूमिका बिना सफल हुन सम्भब भयका छैनन भने नेपालको हरेक परिवर्तनको आन्दोलनमा हरेक दलहरुको यूवा  पिढिलाई परिवर्तनको आशा देखाएर प्रयोग गर्दै आएको छ धरै सता परिवर्तन भए तर समाज परिवर्तन कहिल्यै भएन । यहाँ राजनीतिले वाक्क भएको नेपाली समाजले अबकेभुझ्नु पर्ने भएको छ भने यहाँको यूवा पिढी र सिङो नेपाली समाज परिवर्तनको आँफैमा एउटा ठुलो अस्त्र हो । " संसारलाई बादलनु छ सुरुवात आँफैबाट गर्नु छ " भन्ने भनाइलाई अब यथार्थमा बदल्नु आबश्यक छ । नत्र बिदेशी सक्ती सम्पन्न राष्ट्रहरुको प्रससा गर्दै हाम्रो समय बितने छ ।
             यसै शिल्शिलामा हालै खोटाङ जिल्ला राखा बाङ्देल गा बि स को काठमाडौंमा छरियर बसेका जागरुक यूवाहरुले संसार बदल्ने कामको सुरुवात आँफै बाट गर्ने कोशीस गरेका छन । नबिन गुरुङ को अध्यक्षतामा समाज सेवा गर्ने उदेश्यले हेल्पिङ राखा बाङ्देल नामक  एघार सदश्य समिती गठन भएको छ ।
यस्लाई एउटा राम्रो कामको शुरुवात मान्नै पर्दछ भने ठोस कामको  शुरुवात गर्न भने बाँकीनै छ । वास्तबमा समाज सेवा त्यती सजिलो काम भने पक्कै होइन किन भने समाज मा हरेक प्रबिती र चिन्तन भएका मानिस हरु हुन्छन तिनिहरुको चिन्तन र प्रबिती बदल्नु पहिलो काम हो । यो समितिको पहिलो काम पनि यही हुनु पर्दछ। नत्र बनाउने भन्दा भत्काउने काम बडी हुन सक्दछ यस्को लागि हरेक स्वदेशमा तथा बिदेशमा रहेका सम्पूर्ण राखा बाङ्देल बासिहरुलाई सेमटनु तथा सल्लाह सुझाब लिन अत्यन्त जरुरी हुन्छ। यधपी हरेक काम चुनौतिपूर्ण नै हुन्छ हरेक चनौतिको सामना गर्ने हामी सबैले सन्कल्प गर्न जरुरी छ । दिर्घकालिन सोचको साथ अगाडि बड्दै जाने हो भने गन्त्यब्यमा अबश्य पुग्न सकिन्छ। र राखा बाङ्देल लाई उदाहर्णिय सभ्य समाज निर्माण गर्न सकिन्छ । यस्को लागि सम्पूर्ण पक्ष लाई समेट्ने यूवाहरुले महत्व पूर्ण भूमिका निभाउनु पर्दछ यो नयाँ नेपाल निर्माण को लागि एउटा राम्रो शुरुवात हुन सक्दछ