May 17, 2011

“बुद्ध जयन्ती किन महत्वपूर्ण?”


बिष्णु कुमारी गुरुङ


    गौतम बुद्धको स्थान नेपालको प्राचिन ईतिहासमा अत्यन्त आदर उच्च स्थानमा स्थापित छ। इसापूर्व छैटौ शताब्तिको युगलाई धार्मिक क्रान्तिको युग मान्ने प्रेरणा गौतम बुद्धले स्थापना गरेको बौद्ध धर्मलाई नै जान्छ। गौतम बुद्धले तत्कालिन प्रचलित धर्म तथा दर्शनहरुलाई खन्डन गरी आफ्नो दर्शन सिद्धान्तले जनता तथा राजामा अत्यन्त प्रभावित पारी सबैलाई एक ठाउमा ल्याउन सफल भएकोले बौद्ध धर्म राष्ट्रिय घेरालाई तोडी विश्व धर्मको रुपमा स्थापना भयो।


    बौद्ध युगमा संसारका बिभिन्न ठाउमा बिभिन्न महापुरुसहरुको जन्म भयो। प्लेटो, अरिस्टोटल, जराधुश्ट, जैन जसले युगलाई नै प्रभावित पर्यो। तर पनि गौतम बुद्धको जती प्रभाव अरुको रहेन। त्यसैले नेपाली दार्शनिक गौतम बुद्धको स्थान राष्ट्र विश्वमा नै अत्यन्त महत्वपूर्ण छ। 
सिद्धार्थ गौतमको जन्म एक शाक्य राजकुल घरानामा इसापूर्व 563 बैशाख पुर्णिमाको दिन, कपिलबस्तुको तिलहौराकोट, लुम्बिनिमा भएको थियो। दुर्भाग्यबश जन्मेको सात दिनमा नै आमा मायादेवीको देहाँवशन भएकोले उसको स्याहार सुसार सौतेनी आमा महाप्रजापती गौतमद्धारा भएको थियो। उसको पिता राजा शुद्धोधन सिद्धार्थ गौतमलाई एक शक्तिशाली सफल राजा बनाउन चाहन्थे। आफ्नो छोरा कतै साधु हुने डरले सिद्धार्थ गौतमलाई दरबार भित्र नै हरेक सुबिधा पुर्याइ बिलाशी जिबनमा भुलाउने कोशीस गर्थे। उसको विवाह पनि गराइ दिए यशोधरासँग छोरा पनि जन्म्यो जसको नाम राहुल

थियो।
तर पनि सिद्धार्थ गौतमलाई यि कुराहरुले रोक्न सकेन। मानिसका बृद्ध , रोगी मृतक  अवस्था देखी साह्रै बिरक्ती भई मानिसलाई यि दु:खहरुबाट मुक्त गर्न, छोरा राहुल जन्मेको दिनमा नै रातको समयमा घर छोडि ज्ञानको खोजिमा हिंडे। घर छोडेर हिंडे पछी सिद्धार्थ गौतमले पहेलो बस्त्र धारण गरी सन्यासी बने। उनी अनेक सन्यसिहरुकहा पुगी तपस्या गरे योग सिके। तर पनि उनको चित्त बुझेन। उसलाई यस्तो लाग्योसुखमा सुख प्राप्त हुन सक्दैन, दु:खमा सुख प्राप्त हुनसग्दछत्यसैले रस मात्रा ग्रहण गरी बर्ष सम्म घोर तपस्या गर्यो। त्यसबाट पनि केही प्रतिफल प्राप्त हुन नसके पछी उसले अन्न जल ग्रहण गरी तपस्या गरे। ३५  बर्षको उमेरमा एक दिन पिपलको  वृक्ष  मुनी तपस्या गरिरहेको बेलामा सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भयो। सत्य, शान्ती अहिंशा नै दु:खबाट मुक्ती पाउने मार्गदर्शन हो भनेर मध्यम नै उत्तम मार्ग स्थर हो भनेर, त्यसपछी उनीले आफ्न शिस्याहरु बनाइ बिभिन्न ठाउमा आफ्न उपदेस फैलाउदै जानुभयो। उनी गौतम बुद्ध बने उनले बौद्धत्व प्राप्त गरेको ठाउ बौद्धगया नामले प्रख्यात भए बौद्ध धर्मको स्थापना गर्नुभयो। ४५ बर्ष सम्म आफ्न उपदेस फैलाउदै हिड्दा हिड्दै अन्तमा महात्मा बुद्ध कुशिनगरमा पुग्नुभयो त्यहा भिक्षुहरुलाईजो जन्मन्छ त्यो मर्छभन्ने अन्तिम उपदेस दिदै ८०  बर्ष को उमेरमा बैशाख पुर्णिमा कै दिनमा उहाको पर्थिव  शरीरले यस धर्तिबाट बिदा लिए।
यि महापुरुष  गौतम बुद्धको जन्मभुमी नेपाल हो। यसमा कुनै बिबाद छैन, कुनै मतान्तर छैन तर पनि छिमेकी राष्ट्र भारतका केही मानिसहरु आफ्नै ह्रदय भित्रको सत्यतालाई पनि छिपाएर गौतम बुद्ध भारतमा जन्मेको हो भनेर लेखन, तथा भन्न पछी परेका छैनन। यस्ता कयौ प्रमाणहरु छन। साच्चै भारतका एक थरी मानिसहरु  नेपाललाई गौरव बढाउने कुरालाई बलैले वा काल्पनिक भए पनि भारतमा पुर्याएरै छाडने नेपाललाई नाङो पर्ने धुनमा कसम खाएर लागेका छन।
गौतम बुद्ध भन्दा करिब २५०  बर्ष पछी सम्राट अशोक आँफै आएर गौतम बुद्ध कनकमुनी बुद्धका जन्मस्थलमा पूजा गरी, त्यहाका जनतालाई बिभिन्न कर हरुमा छुट दीइ गाडेको प्रमाणित बिशाल अभिलेख अशोक स्तम्भ विश्व सामु छदाछदैसाउनमा आँखा फुटेको गोरुले झैसबैतिर काल्पनिक हरियाली देख्नु भनेको आँफैले आफुलाई नै मुर्ख बनाउनु आँफैलाई कलंकीत गर्ने बाहेक अरु के हुन सक्ला ? टल्कदैमा हिरा हुँदैन, सुनको जलप लगाउदैमा सुन हुँदैन, “सत्य डग्दैन, असत्य टिक्दैननिर्मल आकाश, बिशाल धर्ती सारा विश्व साक्षी छ। गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर, यो सत्यताले विश्व सामु हाम्रो शिर ठाडो हुन्छ। हाम्रो छाती गर्वले गद गद हुन्छ। त्यसैले हामी सम्पूर्ण नेपालीको लागि शान्तिका प्रतिक गौतम बुद्धको जन्म दिन बैशाख पुर्णिमाबुद्ध जयन्तीअत्यन्तै महत्वपूर्ण छ।







यो लेख 
http://hamrosamaj.net बाट सभार गरियको हो ।
Water for Elephants21Kindle, Wi-Fi, Graphite, 6" Display with New E Ink Pearl Technology - includes Special Offers & Sponsored ScreensaversFirefly: The Complete Series [Blu-ray]