Feb 18, 2012

नावा लिदुंग जलबिधुत आयोजना

पछिल्लो जानकारी आनुसार राखा बांग्देल वाड न. ९ नावा स्थित  निर्माणाधिन नावा लिदुंग लघु  जलबिधुत आयोजना आउदो २०६९ असार महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखी तिब्र रुपमा कामहरु भई रहेको  जानकारी उपभोक्ता समितिको अधक्ष्य बिष्णु राजभण्डारी ले बताउनु भएको छ 
नावा लिदुंग लघु  जलबिधुत आयोजनाको कुलो 

जलबिधुत आयोजना का ठेकदार मध्येका एक नबराज गुरुङ भन्नु हुन्छ : हामीले सहमति अनुसारकै काम हरु गरिरहेका छौ तर समय अनुकुल नभएको हुनाले बिचमा बाढी पहिरोले गर्दा हाम्रो काम अलिक बिगारिदियो त्यसका बाब्झुद पनि हामीले कामलाइ निरन्तरता दिईरहेका  छौ लगभग अन्तिम चरणमा पुगिसकेको छ आउदो २०६९ मा आबश्य राखा बांग्देलका सम्पूर्ण गाउहरुमा  उज्यालो छाउने छ 
२०६८ सालमा पहिरोले क्षती पुर्याको दृश्य 
निर्माणाधिंन पावर हाउस  (२०६८ को सुरुवातमा )
हाल पावर हाउस   
यहा बाट वितरण हुन्छा राखामा बिजुलीको लाइन 

पावर हाउस भित्रको दृश्य 




कुलो 

नजिकबाट कुलोलाई हेर्दा