नावा लिदिङ लघु जलबिधुत को पावर हाउस

पछिल्लो जानकारी आनुसार राखा बांग्देल वाड न. ९ नावा स्थित निर्माणाधिन नावा लिदुंग लघु जलबिधुत आयोजना आउदो २०६९ असार महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखी तिब्र रुपमा कामहरु भई रहेको जानकारी उपभोक्ता समितिको अधक्ष्य बिष्णु राजभण्डारी ले बताउनु भएको छ ।

श्री कालिका बाल बिकाश मा. बि.

श्री कालिका बाल बिकाश मा.बि राखा बाङदेल का बिधार्थी हरु भलिबल खेल्दै

यो स्थान बाट साखा लाइनहरु बाडिने

यस स्थान बाट राखा का बिभिन्न स्थानहरु मा लाइन हरु वितरण गरिएको छ I

शुक्रबारे बजार

राखा बाङदेल ३ स्थित शुक्रबारको दिन लाग्ने स्थानीय बजार लाइ शुक्रबारे बजारको नाम ले चिनिन्छ I यहाँ स्थानीय हरुले उत्पादन गरेको बिभिन्न सामान हरुको किन बेच हुन्छ I

श्री कालिका बाल बिकाश मा.बि.का शिक्षक तथा बिधार्थीहरु

श्री कालिका बाल बिकाश मा.बि. का शिक्षक तथा बिधार्थी हरु सम्झना स्वरूप सामुहिक तस्बिर खिचाउदै - rakhabangdel.blogspot.com.

Oct 5, 2016

सहयोग रकम सङ्कलन भएको सुचना !!!

Parash Kirati - Malaysia

गाउँमा मोटरबाटो निर्माणका अभियानको लागि रकम सङ्कलन भै रहेको छ। र हाल मलेसियाबाट रु.१,५७,३००।-(एक लाख सन्ताउन्न हजार तीन सय) सहयोग रकम सङ्कलन भै सकेको जनकारी गराउछु।
आफ्नो गाउँ जन्मेको माटोको बिकाशको लागि सहयोग गर्नुहुने बिकासप्रेमी मनहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ! साथै मलेसियामा रहनुहुने बाकी रहनु भएका सबै खोटाङको राखाली दाजुभाई दिदि बहिनीहरुलाई सकेको सहयोग गरिदिन हार्दिक अपिल गर्दछौ।
#अहिलेसम्मको सङ्कलित रकम विवरण निम्नानुसार छ :~
क्रस. नामथर ठेगाना रकम
-----**-----------****-------------****----------------
१. चुडाराज कोइराला राखा१Rm 200नेरु. ५२००।-
२. पारश किराँती राखा २Rm200 रु. ५२००।-
३, सन्तोष बिष्ट भदौरे राखा ३Rm350 रु. ९१००।-
४, रेश्सम गुरुङ(हाल सुनसरी)Rm400 रु.१०४००।-
५, केसब घिमिरे राखा२(सुनसरी)Rm300रु.७८००।-
६, कमल राई राखा४ (लथस्कु)Rm200रु.५२००।-
७, नृप पौडेल राखा २ Rm300 रु.७८००।-
८. धकुमार राई राखा २ Rm 300 रु.७८००।-
९. शुरेन्द्र राई राखा३ Rm 200 रु.५२००।-
१०.भक्त भट्टराई राखा१(सुनसरी)Rm200 रु.५२००।-
११.भेष कु.भट्टराई राखा१ Rm 200 रु.५२००।-
१२.DB गिरि राखा९ Rm200 रु.५२००।-
१३. रोजन नाछिरिन राखा९ Rm200 रु. ५२००।-
१४. धन कु राई राखा ९(वयमा) Rm250 रु.६५००।-
१५. कोमल राई राखा २ Rm200 रु.५२००।-
१६. हिमाल भट्टराई राखा १ Rm200 रु.५२००।-
१७.लोक ब.घिमिरे राखा २ Rm450 रु.११७००।-
१८.असोक नाछिरिङ राखा८ Rm500 रु.१३०००।-
१९.प्रदिप श्रेष्ठ राखा ३ Rm 200 रु. ५२००।-
२०.सुजन राई राखा ९ Rm 200 रु. ५२००।-
२१.पृथ भट्टराई राखा Rm 200 रु. ५२००।-
२२.हरिमन बर्देवा राखा २ Rm 200 रु. ५२००।-
२३. टङ्क बर्देवा राखा २ Rm200 रु. ५२००।-
२४.जसमनी बि के. राखा ९ Rm 200 रु. ५२००।-
# थपिदै जाने क्रम जारी ...
+ ------------------------------
Rm6050नेरु.१,५७,३००।-
(money exchange rate 26 ले मात्र अहिले हिसाब गरिएको) तर अहिले money exchange rate गिरावट आएको छ।
मलेसियामा रहनुहुने सबै राखाली दाजुभाईहरु दिदिबहिनीहरुलाई सकेको सहयोग गरी स्वर्णिम अक्षर मा आफ्नो नाम लेखाउन नछुटाउन अनुरोध छ।
#मलेसियाको लागि एकाउन्टहरु:~
# मे बैंक एकाउन्टन.151155773218
यो न. दाबेपछी रेश्सम गुरुङ आउनेछ।
#होङ्लेङ बैंक न.27400033182
यो न. डाएल गरेपछी भलाकाजी राई नाम आउनेछ ( नाम आएपछि) हजुरहरुले पैसा टान्सफर गर्न सक्नुहुने छ।
धन्यवाद !
-पारश किराँती + राकेश Gurung
मलेसिया जोहोर
सम्पर्क न.01136634290
नोट:~ जुन बैंक पाएक छ सजिलो हुन्छ त्यसैमा टान्सफर गर्न सक्नुहुनेछ यदि हजुरलाई यो कुनै बैंक एकाउन्टमा गाह्रो भए अर्को एकाउन्ट पनि उपलब्ध गराईनेछ।
[रु५००० देखि माथी सहयोग गर्ने दाताहरुलाई रावाहेल्पिङ काठमाडौ र गाबिसले सम्मान पत्र प्रदान साथै ताम्रापत्रमा नाम उल्लेख गरिने छ।]
#अन्तमा:- यो अभियान कार्यलाई प्रभाबकारी ढङ्गले अगाडी बढाउन र यो अबस्था सम्म ल्याईपुर्याउन युके, अमेरिका, जापान, कोरिया, काठमाडौ र गाउँबासीसबैको सामुहिक प्रयासबाट यो ठाउँसम्म आएको छ। र यो अभियानलाई सफल पार्नकोलागि सरोकारवाला बुद्दिजिबी, मोटरबाटो निर्माणकार्य समितीलाई मेरो केही ब्याक्तिगत सुझाब र अनुरोध:~
१. मोटरबाटो निर्माण कार्यअभियान प्रभाबकारी रुपले अगाडी बढ्न नसक्नु प्रमुख कारण आर्थिक अभाब नै हो भन्ने बुझेका छौँ। र साथै भौगोलिक कठिनाई पनि यो दुबै समस्याको एउटै बिकल्प सजिलो मार्गको पुन पहिचान गरियोस र बिशेषत सम्पुर्ण राखाबासीहरुको दीर्घकालीनहितलाई ध्यान दिइयोस।
२. बिकास सबैको लागि हुने भएकाले सबैलाई सहभागी गराउन जरुरी छ। त्यसैले गाउँमा २००मा मजदुरी गर्ने या सहरमा केही सीप, जागिर,खाडीमुलुक या विकसित मुलुकमा काम गर्नेहरुको आफ्नो क्षमता अनुसारको सहयोग अनिवार्य पक्कै गर्ने छ्न। यसरी क्षमतानुसार निम्नआय भएकालाई समेत मर्का नपर्ने गरि सबै बर्ग क्षेत्रका राखालीहरुलाई समेत सहभागी गराउन विशेष पहल रहोस।
३. बिकास सबैको चाहना हो। नेतृत्वको ब्याक्तिगत कमजोरीलाई बिबाद नल्याईकन व्यापक समिक्षा र अन्तरक्रिया गरि कामअगाडी बढोस् बिगतका बिकास गतिविधिको प्रगतीविवरण र आर्थिक पारदर्शीलाई पनि विशेषलाई ध्यान दिइयोस। किनभने कार्यसमितिले कामको प्रगतीबिवरण र आर्थिक पारदर्शीता नदेखाउने हो भने बिकास प्रती जनमानस मै नकारात्मक सोच आउन सक्छ। यो बुद्धि जिबिबर्गमै देखिएको छ। तर यसको मतलव बिकास नचाहेको भन्ने नबुझियोस।
४.बिकास निर्माणमा बुद्दिजिबीबर्गको विशेष भुमिका रहनु जरुरी हुन्छ। बुद्दिजिबी बर्गले केही नेतृत्वबर्गको गल्ती र कमजोरी मात्रै नऔल्याई निकास र हौसला दिनुपर्ने देखिन्छ। खाना खादै गरून् बाकी रहेछ भने पछिखाउला भन्न मिल्ला तर बिकास निर्माणमा गर्दै गरून् पछि गरौला भन्न मिल्दैन जस्तो लाग्छ। तर यहाँ यस्तै भएको देखिन्छ माछा देखेपछी मात्रै हातहाल्न पर्छ भन्ने सोच बिशेष कसैमा नहोस् ।
५.बिकास सबैको चाहना भएपनी एकैचोटी सबै सम्भब हुदैन। तसर्थ प्राथमिकता आधारमा चरणबद्ध रुपले अगाडीबढ्न जरुरी छ। जसको निम्ति सम्पुर्ण देश बिदेशमा रहनुभएको अग्रज बुद्धिजिवि, नेतृत्वकर्ता, सरोकारवाला, समाजसेवी बिकशप्रेमी राखालीसबैले आ आफ्नो ठाउँबाट ससक्त रुपले लागौं बिकास र परिबर्तन सम्भब छ हाम्रै पालामा।
🌹🌹 धन्यवाद !🌹🌹-पारस किराँती

"सडक निर्माण अभियान"

Bipin Gurung - UK
संसार भरी छरिएर रहनु भएको राखा बाङदेल बासी संपुर्ण गाउँले दाजुभाई तथा दिदि बैनीहरुमा सर्ब प्रथम त नेपाली हिन्दु धर्मावल्मीहरुको महान चाड बडा दशै २०७३ को हार्दिक मंगलमय शुभकामना !!
हाम्रो "राखा बाङदेल सडक निर्माण अभियान" आज क्रमिक रुपले बिदेशी भूमी हुदै काठ्माडौमा अनि अहिले निश्चित गन्तब्य राखा बाङदेलको हाम्रो जन्म भूमी पुगेको छ अनि यस अभियान आज ब्यपक रुपमा हाम्रो स्थानीय गाउँले दाजुभाई दिदिबैनीहरुले अत्यन्तै उत्साहाको साथ अगाडी बढाई राख्नु भएको जानाकारी गरादछौ। यस्को उदाहरणको रूपमा असोज १५ सनिबारको दिन राखा बाङदेल गाउँ बिकास समितीमा उपलब्ध बिभिन्न राजनीतिक दलको प्रतिनिधी , समाज सेबी, बुद्धजिबी,शिक्षक लगात संपुर्ण बिकास प्रेमी गाउँलेहरुको बृहत् भेला र छलफल गरि अत्यनतै महत्वपुर्ण निर्यणहरु सर्ब सहमत ढंगले बिधिबत पारित गर्दै सडक निर्माण अभियानलाई अघि बढाउदै हुनुहुन्छ । जस्मा प्राप्त जानाकारी बिष्णु राजभण्डारीले फेसबुकमा पोष्ट गर्नु भएको मिटिङ माईनिटको फोटालाई तपाई हामीले प्रत्यक्ष हेर्न सक्नु हुनेछ।
यस्मा मैले छोटो बुँधामा पेश गरेको छु। हजुरहरुले टिप्पणी गुर्न सक्नु हुनेछ। जस्मा अनुसार निम्न लिखित छन्।
(१) सडक निर्माण उपभोक्ता समितिको नयाँ नेतृत्व चयन।यसमा सबै तह र तप्कालाई सहभगिता गराउदै स्थानीय कर्मठ युबाहरुको हातमा थमाईएको अबस्था देखिन्छ। यहाँ नयाँ कार्य समितिमा अध्यक्षयमा श्री डेबिट राईलाई निर्बाचित गरिएको रहेछ। साथै बिभिन्न उप समितिमा अत्येन्तै प्रभावकारी ढंगले निर्माण गरिएको रहेछ।
(२) अत्यनतै बिबाद र बहसको रुपमा आएको मुद्दा थियो सडकलाई कुन मार्गबाट जोड्ने भन्ने बारे जस्मा यस गाउँलेहरुको बृहत् भेला र छलफलले सर्ब सहमत गराएर नयाँ रुट माक्पा बेब्लाको फेदीको भूगोललाई उपयोग गर्दै राखा बाङदेललाई सडक संजालमा जोड्ने निर्णय भए छ।
स्मरण रहोस् गत महिना हाम्रो दाजुभाईहरुले स्थलगत अनुगमन गर्न जानु भएको थियो।
यी माथीको सबै निर्णयलाई ऐतिहासिक निर्णय नै मान्न सकिन्छ। यसरी नै आगामी दिनहरुमा यो निर्णय कार्यनयनको लागि हामी राखा बाङदेल बाशीहरु एकताको सुत्रमा बाँधिर अधि बढ्दै जाओस् भन्ने हार्दिक अाग्रह गर्छौ साथै संपुर्ण नब निर्वाचित पदाधिकारीहरु हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछौ।
अनि अब बाँकी यसमा लाग्ने आर्थिक संकलन अति नै महत्वपुर्ण काम हो यसको लागि तपाई हामी सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरौ। आफ्नो जन्म भूमीलाई संमृद्धी र बिकासित बनाउने जिम्मा तपाई हाम्रै हो।
जय हाम्रो राखा बाङ्देल सडक निर्माण अभियान!!









Jul 23, 2013

खोटाङका विक्रम राई पहिलो नेपाल आईडल २०७०

पछिल्लो समयमा दर्शकहरुको चर्चा बटुल्न सफल रियालिटि सो नेपाल आईडल २०७० को उपाधि विक्रम राई (खोटाङ, राखा वाङदेल) ले हात पारेका छन् । नेपाल प्रज्ञा प्रतिस्ठानमा आज साउन २ गते आयोजिक नेपाल आईडलको अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आईडल विक्रमले आफ्ना फाईनलका चार प्रतिस्पर्धिहरुलाई उछिन्दै विजेता बनेका हुन् ।
 नेपाल आईडल घोषित भएसंगै विक्रम राईले एक लाख रुपैया पैसापनि पाएका छन् । त्यस्तै जंजिर चलचित्रका निर्माता तथा कलाकार करण क्रेजिको तेस्रो चलचित्रमा गाउनपनि पाउने भएका छन्, भने एउटा एल्वम, दुईवटा म्युजिक भिडियो आयोजकले प्रदान गर्ने भएका छन् ।फाईनल राउण्डमा पर्न सफल प्रतियोगितहरु अमित परियार (धनकुटा) दोस्रो, कृष्ण खवास (मोरङ) तेस्रो, सचिन राई (खोटाङ) चाथो तथा अस्मिता अधिकारी (झापा)पचौ भएका छन् । उनिहरुलेपनि एल्वममा गाउने अवसर पाएका छन्

Dec 28, 2012

सम्पूर्ण तमूहरुमा सप्ह्री ल्हो को सुभकामना !


 नेपालका विभिन्न जातजाति, धर्मालम्वी तथा यिनीहरूले मनाउने चाडपर्वमध्ये मंगोलवंशी समुदायले मनाउने एक विशेष चाडलाई ल्होछार वा ल्होसार भनिन्छ । ल्होछार वा ल्होसार बौद्ध धर्म अनुयायी तामाङ, शेर्पा, गुरुङ्ग, थकाली आदि जातिले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

         'ल्होछार' दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ 'ल्हो' अर्थात वर्षवा साल भन्ने हुन्छ भने 'छार' वा 'सार' को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । र, यसै अनुरुप यस चाडलाई मनाउने गरिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, र्सप, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ । गुरुङहरूले पुस महिनाको १५ वा १६ गते पर्छ। ल्हो सारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजा पाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। 
         नेपालमा ल्होसार मनाउने प्रचलन चिनिया“ सभ्यताबाट तिब्बत हुँदै भित्रिएको अनुमान गरिन्छ ।



सम्पूर्ण मित्रहरु आफ्नो ल्हो (वर्ग) पत्त लगाउनुहोस् र ल्हो पनि गन्न सिक्नुहोस्।
———————————————————
हामी तमुहरुको पहिचान दिने सबै तमुहरुले जान्नै पर्ने, बुझ्नै पर्ने महत्वपूर्ण कुरा हो ल्हो ” (वर्ग) । ल्हो जम्मा १२ वटा हुन्छन्।
ल्हो च्यु ल्हो” (मुसा वर्ग) बाट शुरु हुन्छ र फ्वो ल्हो” (म्रिग वर्ग) मा अन्तिम् भै पुन: च्यु ल्हो नै दोहोरिन्छ ।
ल्होहरु (वर्गहरु) :-
——————————————————–
(
१)च्यु ल्हो = (मुसा वर्ग) । (२) लों ल्हो = (गाई वर्ग) । (३) त्वो ल्हो = (बाग वर्ग) । (४) ह्युई ल्हो = (विरालो वर्ग) । (५) मुप्ह्री ल्हो = (गिध्द वर्ग) । (६) सप्ह्री ल्हो = (सर्प वर्ग) । (७) त्ह ल्हो = (घोडा वर्ग) । (८) ल्हु ल्हो = (भेंडा वर्ग) (९) प्रे ल्हो = (बाँदर वर्ग) । (१०) च्यह ल्हो = (चरा वर्ग) । (११) खि ल्हो = (कुकुर वर्ग) । (१२) फ्वो ल्हो = (म्रिग वर्ग) ।
यदि तपाईंलाई आफ्नो ल्होथाहा हुनु हुन्न भने यो सुत्र (Formula) प्रयोग गरेर आफ्नो ल्हो (वर्ग) पत्त लगाउनुहोस् र आफ्नो ल्हो सधैंको लागि सम्झि रहनुहोस्। तपाईंलाई कसैले तपाईंको ल्हो के हो भन्यो भने सधैं त्यो ल्हो भन्नु पर्छ।
ल्हो (वर्ग) पत्त लगाउने सुत्र:-
——————————————————–
(क) सर्वप्रथम आफु जन्मेको साल अहिले चलिरहने सालमा घटाऊने ।
—————————————————————————
(
१)अहिले चलिरहेको साल = सन् २०१२
(
२)आफु जन्मेको साल = सन् -१९७९
———————————————————
अहिले तपाईंको उमेर जम्मा = ३३ वर्ष भयो।
———————————————————
(
ख)अब तपाईंको ल्हो पत्त लगाउन ३३ वर्षको उमेरमा कति १२ वर्ष हुन्छ ? १२ को आधारमा गन्ने।
(
ग) ३३ वर्षमा २ वटा १२ वर्ष पुरा भयो । तसर्थ २ x १२ = २४ वर्ष ( अब तपाईंको ३३ वर्षमा यो २४ वर्ष घटाऊनुहोस्। )
यहाँ ३३ २४ = ९ वर्ष बाँकी रहन्छ ।
अब यो ९ वर्षले तलको मुप्ह्री ल्हो तालिका अनुसार कुन् ल्हो पर्‍यो ? हेर्नुहोस्।
———————————————————-
मुप्ह्री ल्हो (गिध्द वर्ग) तालिका:-
———————————————————–
(
क) गिध्द वर्ग = १
(
ख)बिरालो वर्ग = २
(
ग) बाग वर्ग = 3
(
ग) गाई वर्ग = ४
(
घ) मुसा वर्ग = ५
(
ङ) म्रिग वर्ग = ६
(
च) कुकुर वर्ग = ७
(
छ) चरा वर्ग = ८
(
ज) बाँदर वर्ग = ९
(
झ) भेँडा वर्ग = १०
(
ञ) घोडा वर्ग = ११
(
त) सर्प वर्ग = १२
———————————————————–
मुप्ह्री ल्हो (गिध्द वर्ग) अनुसार भनेको बाँदर वर्ग हो। यस् प्रकार यो तालिकाको नम्बर अनुसार तपाईंको ल्हो पत्त लगाउनु होला।
(नोट् :-अब पौष १५ गते सन् २०१२ मा चलि रहेको मुप्ह्री ल्हो” (गिध्द वर्ग) को बिदाई गर्दै नयाँ ल्हो सप्ह्री ल्हो” (सर्प वर्ग) को आगमन हुन्छ। यो तालिका सन् २०१२ को लागि मात्र हो। सन् २०१३ मा सर्प वर्गको तालिकामा सर्प वर्गलाई नम्बर १ मा राख्ने अनि गिध्द,बिरालो वर्गलाई क्रमस: २,३ गर्दै घोडा वर्ग १२ नम्बर हुन्छ। त्यसको आधारमा आफ्नो ल्हो पत्त लगाउन सक्नुहुनेछ।
अब ल्हो गन्ने तरिका पनि सिक्नुहोस्।
———————————————–
सब भन्दा पहिले आफ्नो ल्हो याद गर्नुहोस्। ल्हो गन्द आफ्नो ल्हो बाट यो बर्ष भरी चल्तीमा रहेको ल्हो सम्म तालिका अनुसार क्रमस: गन्नुहोस् । यदि तपाईंको ल्हो कुकुर वर्गहो भने अब कुकुर वर्ग देखि अहिले सन् २०१२ मा चल्तीमा रहेको गिध्द वर्ग सम्म गन्नुहोस् ।
ल्हो तालिका:-
————————————————-
(
१)च्यु ल्हो = (मुसा वर्ग) । (२) लों ल्हो = (गाई वर्ग) । (३) त्वो ल्हो = (बाग वर्ग) । (४) ह्युई ल्हो = (विरालो वर्ग) । (५) मुप्ह्री ल्हो = (गिध्द वर्ग) । (६) सप्ह्री ल्हो = (सर्प वर्ग) । (७) त्ह ल्हो = (घोडा वर्ग) । (८) ल्हु ल्हो = (भेंडा वर्ग) (९) प्रे ल्हो = (बाँदर वर्ग) । (१०) च्यह ल्हो = (चरा वर्ग) । (११) खि ल्हो = (कुकुर वर्ग) । (१२) फ्वो ल्हो = (म्रिग वर्ग) ।
अब यहाँ कुकुर वर्गदेखि गिध्द वर्गसम्म गन्द यस् प्रकार हुन्छ।
————————————————————————–
जस्तै:-
———————————————————————————————————
((
कुकुर १ ), (म्रिग २), (मुसा ३ ), (गाई ४ ), (बाग ५ ), (बिरालो ६ ), (गिध्द ७ ) सम्म ।
———————————————————————————————————
अब हेर्नुहोस् कुकुर वर्गले७ बर्ष भयो। अब यबम् प्रकारले
एक १२ बर्ष पुरा भएको भए १२ + ७ = १९ बर्ष भयो।
दुई १२ बर्ष पुरा भएको भए २४ + ७ = ३१ बर्ष भयो ।
तीन १२ बर्ष पुरा भएको भए ३६ + ७ = ४३ बर्ष भयो।
यबम् प्रकार १२ को दरले गुणान गर्दै उमेर गन्नु होला ।
आशा छ अब तपाईंले आफ्नो ल्हो पत्त लगाउनु सक्नु हुनेछ र ल्हो पनि गन्न सक्नु हुनेछ।
ल्हो(वर्ग)को मिल्ने वर्ग तथा मित्र वर्ग
ल्हो(वर्ग)मिल्नेमित्र
च्यु ल्हो  (मुसा बर्ग)फो ल्हो (मृग बर्ग),ल्हु ल्हो(भेडा बर्ग)ह्ये ल्हो   (बिरालो बर्ग)
म्हें ल्हो   ( गाई बर्ग)त ल्हो  (घोडा बर्ग),सप्ह्री ल्हो   (सर्प बर्ग)मुप्ह्री ल्हो  (गरुड बर्ग)
तो ल्हो   (बाघ बर्ग)फो ल्हो (मृग बर्ग),ह्ये ल्हो   (बिरालो बर्ग)सप्ह्री ल्हो   (सर्प बर्ग)
ह्ये ल्हो   (बिरालो बर्ग)मुप्ह्री ल्हो  (गरुड बर्ग),त ल्हो  (घोडा बर्ग)त ल्हो  (घोडा बर्ग)
मुप्ह्री ल्हो  (गरुड बर्ग)ह्ये ल्हो   (बिरालो बर्ग)ल्हु ल्हो(भेडा बर्ग)
सप्ह्री ल्हो   (सर्प बर्ग)म्हें ल्हो   ( गाई बर्ग)प्र ल्हो  (बादर बर्ग)
त ल्हो  (घोडा बर्ग)म्हें ल्हो   ( गाई बर्ग),ह्ये ल्हो   (बिरालो बर्ग)च्ह्या ल्हो (चरा वर्ग)
ल्हु ल्हो(भेडा बर्ग)प्र ल्हो  (बादर बर्ग), खी ल्हो   (कुकुर बर्ग)खी ल्हो   (कुकुर बर्ग)
प्र ल्हो  (बादर बर्ग),च्ह्या ल्हो (चरा वर्ग)ल्हु ल्हो(भेडा बर्ग)फो ल्हो (मृग बर्ग)
च्ह्या ल्हो (चरा वर्ग)च्यु ल्हो  (मुसा बर्ग),खी ल्हो   (कुकुर बर्ग)च्यु ल्हो  (मुसा बर्ग)
खी ल्हो   (कुकुर बर्ग)ल्हु ल्हो(भेडा बर्ग),च्ह्या ल्हो (चरा वर्ग)म्हें ल्हो   ( गाई बर्ग)
फो ल्हो (मृग बर्ग)तो ल्हो   (बाघ बर्ग),च्यु ल्हो  (मुसा बर्ग)तो ल्हो   (बाघ बर्ग)

ल्हो(वर्ग)को शत्रु वर्ग
ल्हो (वर्ग)सत्रु
च्यु ल्हो  (मुसा बर्ग)त ल्हो  (घोडा बर्ग)
म्हें ल्हो   ( गाई बर्ग)ल्हु ल्हो(भेडा बर्ग)
तो ल्हो   (बाघ बर्ग)प्र ल्हो  (बादर बर्ग)
ह्ये ल्हो   (बिरालो बर्ग)च्ह्या ल्हो (चरा वर्ग)
मुप्ह्री ल्हो  (गरुड बर्ग)खी ल्हो   (कुकुर बर्ग)
सप्ह्री ल्हो   (सर्प बर्ग)फो ल्हो (मृग बर्ग)
त ल्हो  (घोडा बर्ग)च्यु ल्हो  (मुसा बर्ग)
ल्हु ल्हो(भेडा बर्ग)म्हें ल्हो   ( गाई बर्ग)
प्र ल्हो  (बादर बर्ग)तो ल्हो   (बाघ बर्ग)
च्ह्या ल्हो (चरा वर्ग)ह्ये ल्हो   (बिरालो बर्ग)
खी ल्हो   (कुकुर बर्ग)मुप्ह्री ल्हो  (गरुड बर्ग)
फो ल्हो (मृग बर्ग)सप्ह्री ल्हो   (सर्प बर्ग)



यसरी आफ्नो ल्हो(वर्ग)को शत्रु मित्रु छुट्टाएर मिल्ने वर्गको (ल्हो क्र्हीवा) केटाले केटी खोज्ने चलन पुरानो हो जस्लाई
वर्ग हेर्ने(ल्हो ङ्ह्योवा) भनिन्छ।
सम्पुर्ण तमु जातीलाइ प्रत्येक वर्षको लोछारको शुभकामना !

श्रोत : बिभिन्न ब्लग बाट 

Dec 24, 2012

सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानको नवौ स्मृति दिबसको केहि झलक

सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानको नवौ स्मृति दिबसको केहि झलक 


Dec 23, 2012

सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानको नवौ स्मृति सभा

      नेपाल ऐतिहासिक परिवर्तनको मोडमा मुखरित हुँदै गरेको र राष्ट्रभरि नै उन्मुक्तिका लागि द्वन्द्व चर्किरहेको अवस्थामा समाजसेवी तथा वामपन्थी आन्दोलनका कर्मठ योद्धाका रूपमा चिनिएकी मिति २०/०८/२०६०  गते साहदत प्राप्त गर्नुभएकी खोटाङ जिल्ला राखा बाङदेल गाविस वडा नं।- ३ बस्ने १०/०८/२०२३ मा जन्मनुभएकी अनिता गुरुङको नाममा स्मृति प्रतिष्ठान खडा गरी द्वन्द्व पीडित, विस्थापित विभिन्न किसिमका सामाजिक, रचनात्मक क्रियाकलापमा सक्रिय गराउने र गरिब जेहेन्दार विद्यार्थीहरूका लागि शिक्षामा पहुँच पुर्‍याउनको निम्ति प्रत्येक वर्षआर्थिक सहयोग प्रदान गरिने उद्देश्यले यस अनिता गुरुङ मेमोरियल फाउण्डेसन नामक मुनाफारहित उद्देश्यले एक सामाजिक गैरसरकारी संस्थाको स्थापना गरेको हो  । 
कार्यक्रम स्थल बनाउदै 
 संघ-संस्थालाई जन्म दिएर मात्र पुग्दैन । त्यसलाई अगाडि बढाउन नेतृत्वको ठूलो हात हुने भएकाले बचेको समयलाई समाजिक संघ-संस्थामा काम गरेर समाजलाई नयाँ दिशाबोध गराउने र यस संस्थाको उद्देश्यलाई परिपुर्ति गर्न छलफल तथा निष्र्कषले शिक्षाप्रतिको जोडलाई आत्मासाथ गर्दै पहिलो भेला २०६६-०१-०४ गते र देस्रो भेला सहिद स्व। अनिता गुरुङको दाइको घरमा मिति २०६६-०१-१५ गते मंगलबार दिनको १।०० बजे २५ जनाको उपस्थितिमा ७ जनाको तर्दथ समिति गठन गरी संस्था दर्ता गर्ने कार्य सम्पन्न गरिसकेको थियो  
 संस्थाको अक्षय कोष खडा गर्न र्सवप्रथम नेपाल सरकारबाट पहिलो किस्ता रू। १ लाख, दाजुभाइ प्रेमध्वज गुरुङ, डिल्लीकेशर गुरुङ र विपिन गुरुङबाट रू। १ लाख १ हजार १ सय १ रुपैया र अन्य दाजुभाइ तथा इष्ट मित्रजन हरूबाट ८४ हजार ४ सय ५७ रुपैया गरी जम्मा २ लाख ८४ हजार ४ सय ५७ रुपैया जम्मा भएको छ  ( पुरानो रेकर्ड )  भने यस संस्था दर्ता भएपछि अरु सहयोगी दाताहरू थुप्रै आइरहेको सस्था का अध्यक्ष श्री होम नाथ गुरुङ ले जान कारी गराउनु भएको छ  
  सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानको नवौ स्मृति सभा सहिद अनिता गुरुङ को जन्म स्थान खोटाङ जिल्लाको राखा बाङदेल स्थित श्री कालिका बाल बिकास मा बि राखा बाङदेल को मैदान मा मिति २०६९ मंसिर २१ गते विभिन्न कार्यक्रम का साथ सम्पन्न भयो उक्त कार्यक्रममा सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठानले  २०६७ सालदेखि पूर्ण  छात्रवृत्ति प्रदान गरिने योजना अनुसार बार्षिक रुपमा प्रदान गर्दै आएका ४ जना गरिब तथा जेहेन्दार छात्र छात्रा हरुलाई सहिद का पिता श्री प्रेम बहादुर गुरुङ को हात बाट छात्रवृत्ति वितरण गरिएको छ  । साथै नबिन गुरुङ र डिल्ली केशर गुरुङ को पहलमा स्वदेश तथा विदेश मा रहनु भएका राखा बाङदेल बासि हरुको सहयोगमा ५ थान कम्प्युटर र १ थान प्रिन्टर  सहिद अनिता गुरुङ स्मृति प्रतिष्ठान मार्फत  प्रतिष्ठान का सस्थापक अध्यक्ष श्री होम नाथ गुरुङ ज्यु बाट श्री कालिका बाल बिकास मा बि का प्र.अ. श्री रमेश कुमार राइ ज्यु लाइ प्रदान गर्नु भएको छ  । उक्त कार्यक्रममा बिधालयका संचालक समितिका अध्यक्ष श्री भला काजि राई ले सहिद सम्बन्धि कबिता बाचन गर्नु भयो भने सम्पूर्ण सहयोगी हरुलाई वहाको आफ्नै गीत  गाएर धन्यबाद दिनु भएको थियो  साथमा बुद्दिजीवी, स्थानीय समाजसेवी तथा  बिभिन्न राजनैतिक दल का स्थानीय  नेता हरु लगाएत शिक्षक हरुले सहिद अनिता गुरुङ को चर्चा गर्नु भएको थियो  
कार्यक्रम स्थल 
कार्यक्रम स्थल

मन्तब्य राख्नु हुदै रमेश गुरुङ 

मन्तब्य राख्नु हुदै रमेश गुरुङ 

कार्यक्रम हुनु भन्दा अगाडी कार्यक्रम स्थल 




ब्यानर हेर्नु हुदै डिल्ली गुरुङ 

सहिद का पिता प्रेम बहादुर गुरुङ अतिथि ग्रहण गर्नु हुदै 

छात्रवृत्ति वितरण गर्ने क्रममा सहिदका पिता प्रेम बहादुर गुरुङ 

छात्रवृत्ति ग्रहण पछी सामुहिक तस्बिर खिचाउदै छात्र छात्रा 

छात्रवृत्ति ग्रहण गर्नु हुदै 

छात्रवृत्ति ग्रहण गर्नु हुदै 

छात्रवृत्ति ग्रहण गर्नु हुदै 

छात्रवृत्ति दिने क्रममा 

अतिथिलाई खादा लगाई स्वागत गर्नु हुदै स्वम्सेवक बहिनि हरु 

सहिदको फोटोमा माला लगाएपछि धुप जलाउनुहुदै सस्थाका अध्यक्ष होम नाथ गुरुङ 

सहिदको फोटोमा माला लगाउनु हुदै 

कार्यकरममा नृत्य प्रस्तुत गर्नु हुदै 


कम्प्युटर हस्तान्तरण गर्नु हुदै सस्था का अध्यक्ष होम नाथ गुरुङ , बिधालय का प्रा. अ. रमेश कुमार राई

कम्प्युटर हस्तान्तरण पछी सस्था का अध्यक्ष होम नाथ गुरुङ , बिधालय का प्रा. अ. रमेश कुमार राई एक आपसमा खुशी साट्नु हुदै